समाज

आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं, १० मंसिर । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सम्पूर्ण परिवार सुतिरहेको बेला गएराती घरमा एक्कासी आगो लागेपछि लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ बर्षीय लक्ष्मण खनाल, ३० बर्षीया राधिका खनाल, ४ बर्षीया सुप्रिया खनाल तथा ३ […]

२०७५ मंसिर १० गते, सोमबार

अाज महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, ९ मंसिर । आज नोभेम्बर २५ अर्थात महिलामाथि हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने साथै डिसेम्बर १० सम्म १६ दिन अभियान सञ्चालन गर्ने निर्णयअनुसार यो दिवस मनाइने गरिन्छ । नेपालमा ‘लैंगिक हिंसा र दुर्व्यवहार […]

२०७५ मंसिर ९ गते, आईतवार

प्रेस काउन्सिल पुरस्कार देवकोटा र बराललाई

काठमाडौं, ७ मंसिर । प्रेस काउन्सिल पुरस्कारबाट नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबरडटकमका सम्पादक अरुण बराल सम्मानित भएका छन् । छापा र अनलाइन सञ्चारमाध्यम दुवै क्षेत्रबाट प्रतिनिधिमूलक हिसाबले देवकोट र बराललाई ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मान गर्ने प्रेस काउन्सिल बैठकले निर्णय गरेको हो । पुरस्कारको राशि जनही दुई लाख ५० हजार रुपैयाँ रहेको […]

२०७५ मंसिर ७ गते, शुक्रबार

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, ६ मंसिर । भक्तपुरको बालकोटमा गएराति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास घर भइ हाल ललितपुरको चाँगाथली बस्दै आएका २४ वर्षीय मनोज पुर्वसांगी मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा राति नै मृत्यु भएको हो । प्रहरीका अनुसार कौशलटारबाट बालकोटतर्फ जाँदै गरेको बा४ख […]

२०७५ मंसिर ६ गते, बिहीबार

इँटा उद्योगका सुपरभाइजरको हत्या

काठमाडौं, ५ मंसिर । सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागेर स्थानिय बाबा इँटा उद्योगका म्यानेजरको मृत्यु भएको छ । बुधबार बिहान दुहबी नगरपालिका-९ मा रहेको जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो।मोटरसाइकलमा आएका अज्ञात समूहले मर्निङवाकमा निस्किएका हुसेनमाथि गोली प्रहार गरेको थियो । अज्ञात समूहले हानेको गोली लागी […]

२०७५ मंसिर ५ गते, बुधबार

आज अन्तराष्ट्रिय बाल अधिकार दिवस

काठमाडौं, ४ मङ्सिर । आज अन्तराष्ट्रिय बाल अधिकार दिवस , ‘‘सुखी नेपाली, समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार” भन्ने नाराका साथ् नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा दिनमा अन्तर्रा्ष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो ।

२०७५ मंसिर ४ गते, मंगलवार

आज हरिबोधनी एकादशी

काठमाडौँ, ३ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि […]

२०७५ मंसिर ३ गते, सोमबार

आजबाट माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य

काठमाडौं, १ मंसिर । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ । […]

२०७५ मंसिर १ गते, शनिबार

धर्म प्रचार गर्ने विदेशीलाई देशनिकाला !

काठमाडौं, ३० कार्तिक । गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई कारबाही स्वरूप जरिवाना गराएर देशनिकाला गर्ने तयारी गरिएको बताएको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा तथा अस्ट्रेलियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर देशनिकाला गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । इसाई धर्म प्रचार गर्दैगर्दा […]

२०७५ कार्तिक ३० गते, शुक्रबार

स्थानीयले कलंकी–सोल्टीमोड सडक बन्द गरे

काठमाडौँ, २९ कात्तिक । स्थानीयले आज काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड एक घण्टा बन्द गराएका छन् । धुवाँधुलो र खाल्डा–खुल्डीसहितको प्रदुषणले आक्रान्त बनाएको भन्दै उक्त सडक बन्द गराएको स्थानीयको भनाइ छ ।सडक विस्तारको नाममा जनस्वास्थ्यमा अति खेलबाड गरिएको, समयमै काम पूरा नगरेको, व्यापार–व्यवसाय चौपट भएको र आवागमन प्रभावित हुँदासमेत सरकारले ध्यान नदिएको भन्दै स्थानीयले एक घण्टा […]

२०७५ कार्तिक २९ गते, बिहीबार