समाज

स्थानीयले कलंकी–सोल्टीमोड सडक बन्द गरे

काठमाडौँ, २९ कात्तिक । स्थानीयले आज काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड एक घण्टा बन्द गराएका छन् । धुवाँधुलो र खाल्डा–खुल्डीसहितको प्रदुषणले आक्रान्त बनाएको भन्दै उक्त सडक बन्द गराएको स्थानीयको भनाइ छ ।सडक विस्तारको नाममा जनस्वास्थ्यमा अति खेलबाड गरिएको, समयमै काम पूरा नगरेको, व्यापार–व्यवसाय चौपट भएको र आवागमन प्रभावित हुँदासमेत सरकारले ध्यान नदिएको भन्दै स्थानीयले एक घण्टा […]

२०७५ कार्तिक २९ गते, बिहीबार

दलित भएकैले कोठा पाउन समस्या !

काठमाडौँ, २९ कात्तिक । पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महिना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पारे । कोठाका लागि उनले रु एक हजार बैना दिएको तीन दिनपछि घरबेटी (सुनीता घिमिरे) ले कोठा नसर्दै सागरको जात साढे । सागरले आफ्नो जात बताएपछि घरबेटीले कोठा त आफ्नै लागि चाहिएको भन्दै बैना फिर्ता गरेर अन्तै […]

२०७५ कार्तिक २९ गते, बिहीबार

मुसा नियन्त्रणको माग !

काठमाडौं, २८ कात्तिक । किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि […]

२०७५ कार्तिक २८ गते, बुधबार

छठ पर्वको सम्पन्न

काठमाडौं, २८ कात्तिक । आज छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । तराईका अधिकांश जिल्लासहित काठमाडौं उपत्यका र पहाड केही जिल्लाहरुमा हर्षोल्लासका साथ छठ मनाइएको हो । उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा व्रतालु महिला पुरुषले चोखो नितो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र […]

२०७५ कार्तिक २८ गते, बुधबार

छठ पर्व मनाइँदै

काठमाडौं, २७ कार्तिक । आज छठ पर्वको मुख्य दिन । सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि शुरु भएको हो । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ । छठका लागि तराईसहित विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका […]

२०७५ कार्तिक २७ गते, मंगलवार

सामाचकेवा पर्व शुरु

काठमाडौं, २६ कात्तिक । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामाचकेवा पर्व आजदेखि शुरु भएको छ । सामाचकेवा पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ । दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा […]

२०७५ कार्तिक २६ गते, सोमबार

छठ पर्व सुरु अाज ‘खरना ‘

काठमाडौं, २६ कात्तिक । आज छठ पर्वको दोस्रो दिन ‘ खरना ‘ मनाइँदै छ । आज गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर दिनभरी ब्रतालु निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । आजको पूजामा केराको पातमा राखेर नैवेद्य चढाउने […]

२०७५ कार्तिक २६ गते, सोमबार

छठ पर्वकाे मुख्य विधि सुरु

काठमाडौं, २५ कात्तिक । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजबाट सुरु भएको छ । मुख्य विधि अन्तर्गत पहिलो दिन आज अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको […]

२०७५ कार्तिक २५ गते, आईतवार

आज फाल्गुनन्दको १३४ औं जन्मजयन्ती

काठमाडौं, २५ कात्तिक । किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जन्मजयन्तीकै अवसरमा प्रदेश १ का केही स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन् । पूर्वी पहाडी जिल्लाहरुमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । पाँचथरमा फाल्गुनन्दको अहिलेसम्मकै ठूलो प्रतिमा अनावरण गरिँदैछ । किरात धर्मगुरु फाल्गुनन्दले […]

२०७५ कार्तिक २५ गते, आईतवार

छठको रौनक सुरू

काठमाडौँ, २४ कात्तिक । तराई मधेस तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । […]

२०७५ कार्तिक २४ गते, शनिबार