स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा
काठमाडौं, ५ चैत । ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए […]
२०७४ चैत्र ५ गते, सोमबार