समाज

प्रभावहीन बन्दै हुलाक सेवा

काठमाडौं, ८ साउन । सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो । हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या बर्सेनि क्रमशः घट्दै गएको छ । […]

२०७४ श्रावण ८ गते, आईतवार

आज गठे मंगल

काठमाडौं, ६ साउन । आज साउन कृष्ण चतुर्दशी अर्थात गठे मंगल , राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर यो पर्व मनाउने गर्दछन् । गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम […]

२०७४ श्रावण ६ गते, शुक्रबार

छोरी र ज्वाई मिलेर बाबुको हत्या

काठमाडाँै, ५ साउन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको […]

२०७४ श्रावण ५ गते, बिहीबार

कोदालो प्रहार गरी श्रीमानको हत्या

काठमाडौं, ४ साउन । म्याग्दी जिल्ला मालिका गाउँपालिका–२ धुलाबाङ बस्ने २५ बर्षीया रञ्जना जि.सी.लाई श्रीमानलाई कोदालो प्रहार गरी मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । जि.सि.ले मंगलबार राति आफ्नै ३४ बर्षीय श्रीमान शिब जि.सी.लाई टाउकोमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

२०७४ श्रावण ४ गते, बुधबार

३५ बर्षमा १८ पटक सुत्केरी !

काठमाडौं, ३ साउन । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले बैतडी गाठालापानीकी देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए […]

२०७४ श्रावण ३ गते, मंगलवार

साउने सोमबारको महत्व

काठमाडौं, २ साउन । साउनलाई भगवान् शिवको महिनाको रुपमा पनि लिने गरिन्छ । यस वर्षको साउनमा पाँच वटा सोमबार परेको छ । आज साउनको पहिलो सोमबार हो । साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ । देशभरका शिव मन्दिरमा आज महिलाको भीड लागेको छ । साउन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो […]

२०७४ श्रावण २ गते, सोमबार

आज साउने संक्रान्ति

काठमाडौं, १ साउन । हरेक वर्षझैं यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति)कारुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिकारुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु […]

२०७४ श्रावण १ गते, आईतवार

वैदेशिक रोजगार सङ्घको अध्यक्ष गुरुङ विजयी

काठमाडौं, ३१ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् । गुरुङले ४३४ मत प्राप्त गरेका हुन भने उनका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ मात्र प्रात गरे । यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा किशोरबहादुर जिसी र कोषध्यक्षमा राधिका […]

२०७४ असार ३१ गते, शनिबार

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

काठमाण्डौ , ३० असार । अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो । दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता […]

२०७४ असार ३० गते, शुक्रबार

अधिकांश पेट्रोल पम्प असुरक्षित

काठमाण्डौ , २९ असार । भक्तपुर, मध्यपुर थिमि–१ लोहकिल्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा गत असार १३ गते आगलागी हुँदा दुईजना घाइते भए । ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ट्याङ्करको नोजल र ट्याङ्कीको पाइपको बीचको जोर्नीबाट अचानक आगोको झिल्को निस्केपछि पम्पमा आगलागी भएको थियो । आगलागीबाट सोही पम्पमा कार्यरत रामबहादुर तामाङको दाहिने कुहिना र दाहिने […]

२०७४ असार २९ गते, बिहीबार