समाज

आज क्रिसमस दिवस

काठमाडौं,१० पुस । इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । प्रभु यशुको जन्मोत्सवका उपलक्ष्यमा इसाई धर्मावलम्बीले यशुको कन्या -मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह यसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्छन् । तत्कालीन समयमा मानिसमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट उनीहरूलाई मुक्ति दिलाउन […]

२०७० पुष १० गते, बुधबार

रङ्ग पहिचानमा विश्व कीर्तिमान

काठमाडौ, ९ पुस । झापा भद्रपुर–४ का २३ वर्षीय अर्पण शर्माले रङ्गको पहिचानमा विश्व कीर्तिमान कायम गरेका छन् । भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उनले आफ्नो रङ्ग पहिचानको अद्भूत क्षमता प्रस्तुत गरेका थिए । लामो समयसम्म स्मरण गर्ने क्षमताका कारण उनको यो कीर्तिमानलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि प्रस्ताव गरिने भएको छ ।मेची […]

२०७० पुष ९ गते, मंगलवार

धोविखोला सरसफाइ अभियान सुरु

काठमाडौ, पुस ८ – काठमाडौको धोविखोलामा फोहर फाल्न रोक्न स्थानीय बासिन्दाकै प्रयासमा अभियान सञ्चालनको तयारी गरिएको छ ।कपनको जनयुवा प्रगतिशिल क्लब र ग्लोबल पिस एशोशिएसनको पहलमा कपन, चपली र चुनीखेल गाविसका बासिन्दालाई सहभागी गराई अभियान सञ्चालन गर्न लागिएको हो । पहिलो चरणमा नदीलाई प्लाष्टिक मुक्त गराउने र त्यसपछि विस्तारै फोहर फाल्ने काम रोक्ने उद्देश्यले सरसफाइ […]

२०७० पुष ८ गते, सोमबार

महानगर’ होर्डिङ बोर्ड मुक्त बनाइदै

काठमाडौं, ५ पुस – काठमाडौं महानगरपालिकाले विज्ञापनमा ठुलो रकम खर्च गर्ने दातालाई शहरलाई सफा राख्ने र हरियाली बनाउने कार्यक्रममा आकर्षित गर्ने तयारी थालेको छ ।सार्वजनिक ठाउँ र घरहरुमा होर्डिङबोड राख्न ठूलो रकम खर्चनेलाई सामाजिक काममा लगानी गराउन नयाँ कार्यक्रमको तयारी भएको महानगरपालिकाले जनाएको छ ।अहिले नगरक्षेत्रलाई व्यवसायीक होर्डिङबोर्ड मुक्त क्षेत्र घोषणा गरिसकेकाले व्यवसायीक होर्डिङबोर्डमा लगानी […]

२०७० पुष ५ गते, शुक्रबार

चक्रपथ अन्तराष्ट्रियस्तरको बनाइने

काठमाडौं ,३ पुस। आउदो तीन बर्षभित्र काठमाडौंको चक्रपथलाइ अन्तराष्ट्रियस्तरको बनाइने भएको छ ।तीव्र गतिमा सवारी चलाउन मिल्ने गरी चार लेनको सडक तथा ७/७ मिटर चौडाइका दुई-दुई लेनको सर्भिस ट्याक्क र सडकको दुवैतर्फ साइकल लेन, अनि दायाँ-बायाँ मनग्ये हरियाली बनाइने भएको छ ।पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म निर्माण सम्पन्न हुने ८ लेनको चक्रपथको तस्वीर हो यो । […]

२०७० पुष ३ गते, बुधबार

आजवाट उधौँली सुरु

काठमाडौं, २ पुस । किराँत समुदायको प्रमुख सांस्कृतिक चाड उधौँली आजबाट सुरु हुँदैछ । उधौँलीको अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ । सरकारले २०६५ सालदेखि उधौँली पर्वमा राष्ट्रिय विदा दिन थालेको हो । ललितपुरको हात्तीवनमा चारै किराँत समुदायका पूजारीले सामूहिक पुजाआजा गरेपछि यो पर्व सुरु हुन्छ ।किराँत समुदायमा मंशिरे पूर्णिमामा उधौँली र वैशाखे पूर्णिमामा […]

२०७० पुष २ गते, मंगलवार

आज योमह्र्री पुन्ही’

काठमाडौं, २ पुस । आज मार्गशुक्ल पूणिर्मा अर्थात धान्यपूर्णिमा पर्व मुलुकभर मनाइँदैछ । नेवार समुदायमा यसलाई योमह्र्री पुन्ही’ नामले मनाइने गरिन्छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमी पुन्ही भनिन्छ । नेवार समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरी अर्थात सबैलाई मनपर्ने रोटी । […]

२०७० पुष २ गते, मंगलवार

निशुल्क पार्किङको योजना रोकियो

काठमाडौ, १ पुस – काठमाडौमा गर्न लागिएको निःशुल्क पार्किङको व्यवस्था पुनरावेदन अदालत पाटनको कारण तत्कालका लागि स्थगित भएको छ ।पार्किङबाट शुल्क उठाउँदै आएका क्लब, संघसंस्थाले दायर गरेको रिटमा पुनरावेदन अदालत पाटनले अर्को निर्णय नभएसम्म निःशुल्क पार्किङको व्यवस्था नगर्न आदेश दिएपछि स्थगित भएको हो । अदालतले स्पष्टीकरणका लागि महानगरपालिकालाई पुस ८ गते बोलाएको छ । अदालतको […]

२०७० पुष १ गते, सोमबार

दोलखा भीमसेनलाई पसिना आयो

दोलखा, ३० मंसिर ।दोलखा भिमसेनको शिरमा पसिना आएको छ। भिमसेनलाई अपरान्ह ३ बजेदेखि पसिना आएको हो। दिउँसोको राजपूजा गर्दा गर्दै पसिना आएपछि मन्दिरमा स्थानियहरुको भीड लागेको छ।दोलखा भीमसेनको मूर्तिमा पसिना आए देशमा अनिष्ट हुने जनविश्वास रहेको छ । यसअघि २०५८ सालमा राजपरिवार हत्याकाण्ड हुनुभन्दा एक महिनाअघि, २०६२/६३ सालको जनआन्दोलन भन्दा २६ दिन पहिले र १९९० […]

२०७० मंसिर ३० गते, आईतवार

ताप्लेजुङमा हावाहुरी

ताप्लेजुङ,३० मंसिर । ताप्लेजुङमा लगातारको हावाहुरीले नोक्सानी गर्न थालेपछि ताप्लेजुङबासी त्रसित बनेका छन् । गएराति २ बजेबाट आएको हावाहुरीले ताप्लेजुङको थुकिमा र नाल्बु गाविसका एक सयभन्दा बढी घरको छाना उडाउनुको साथै केही घर भत्काएको छ । थुकिमा गाविसमा मात्र ५० भन्दा बढी र नाल्बु गाविसमा ४० भन्दा बढी घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]

२०७० मंसिर ३० गते, आईतवार