पर्यटन

सुक्न थाल्यो रुद्र ताल

काठमाडौं, २२ चैत । बाग्लुङको पर्यटकीय स्थल गाजादह अर्थात् रुद्र ताल संरक्षण हुन नसक्दा सुक्दै जान थालेको छ । पानीले भरिएर रहने दह पछिल्ला वर्षमा भने क्रमसः सुक्दै जान थालेको हो । दमेक, दुदिलाभाटी र लेखानीको संगमस्थलमा रहेको दह संरक्षणका लागि पञ्चवर्षीय गुरुयोजना बनाइए पनि उचित ढंगले काम हुन नसक्दा दह सुक्न थालेको हो । […]

२०७३ चैत्र २२ गते, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा पस्यो

काठमाडौ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा चितुवा पसेको छ । आज बिहान करिव ८ बजेतिर विमानस्थलभित्र चितुवा पसेको हो । बुद्ध एयरका पाइलटले चितुवा देखेपछि विमानस्थल प्रशासनलाई खबर गरेका थिए । धावनमार्गको मध्य भागमै चितुवा देखिएपछि करिब आधा घन्टा आन्तरिक र बाह्य उडानहरु बन्द गरिएको थियो । अहिले उडानहरु सुचारु गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता […]

२०७३ चैत्र २१ गते, सोमबार

सुन्दर दृष्यावलोकनका लागि थामानेटा भ्यू टावर

काठमाडौं, १८ चैत । मध्यपहाडी लोकमार्गको स्तरोन्नति भएसँगै बाग्लुङको बिहु र दुदिलाभाटीको सिमाना थामानेटामा रहेको भ्यू टावरमा पुग्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । २०६८ सालमा जिल्ला विकास समितिअन्तर्गतको ग्रामीण पहाडी पर्यटन प्रवर्द्धन तथा विकास केन्द्रको सहयोगमा निर्माण गरिएको टावरबाट सुन्दर दृश्यावलोकन गर्न पर्यटकहरु पुग्ने गरेका हुन् । केन्द्रको ७ लाख तथा नेपाल पर्यटन बोर्डको […]

२०७३ चैत्र १८ गते, शुक्रबार

संरक्षणको पर्खाइमा चौतारी र पोखरी

काठमाडौं, १७ चैत । सामरिक तथा ऐतिहासिक महत्वका म्याग्दीका ग्रामीण क्षेत्रमा अवस्थित चौतारी र पोखरी संरक्षणको पर्खाइमा रहेका छन् । गाउँ गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय चौतारी, पोखरी भत्काइएको र भएकाको पनि संरक्षण नगरिँदा ऐतिहासिक र सामरिक महत्व बोकेका म्याग्दीका दुई दर्जनभन्दा बढी चौतारी र पोखरी अहिले अस्तित्वविहीन बन्दै गएका हुन् । बाइसे, […]

२०७३ चैत्र १७ गते, बिहीबार

राष्ट्रकै पहिचान बन्दैछ जटायु रेष्टुराँ

काठमाडौं , १४ चैत्र । केही वर्षअघिसम्म गाउँमा कुनै पशु चौपाया मरेमा महिनौँसम्म दुर्गन्ध फैलिने र स्याल, कुकुरजस्ता जनावरले सिनो जथाभावी फैलाउने समस्याले आजित बनेका नवलपरासीको पिठौली र कावासोती क्षेत्रका बासिन्दा अहिले गिद्ध रेष्टुराँ स्थापनापछि यस समस्याबाट मुक्तमात्र भएका छैनन्, अन्तर्राष्ट्रिय जगत्मा गाउँको पहिचान बनेकामा गौरवान्वित छन् । अशुभ र फोहरी पक्षीका रुपमा घृणा र […]

२०७३ चैत्र १४ गते, सोमबार

सगरमाथा चढ्नेहरु निगरानीमा

काठमाडौं,१२ चैत । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको संख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जीपीएस) सिस्टममार्फत् ट्याकिङ (निगरानी) गर्ने भएको छ । यसअघि, विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले सरोकारवाला निकायसँग छलफल गरी जीपीएस प्रणाली सुरु गर्न लागेको हो । […]

२०७३ चैत्र १२ गते, शनिबार

यान्त्रिक ‘कामधेनु’ गाईबाट लाखौँ आम्दानी

काठमाडौं, १२ चैत ।पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा रु ५० लाखभन्दा बढी आम्दानी गरेको छ । करिब रु एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा […]

२०७३ चैत्र १२ गते, शनिबार

थकाली सङ्ग्रहालय निर्माण

काठमाडौं, १० चैत । थकाली समुदायको उद्गमबिन्दु मानिने मुस्ताङको ठिनी गाउँमा थकाली सङ्ग्रहालय निर्माण भएको छ । जिल्ला समन्वय समिति मुस्ताङको रु डेढ लाख सहयोग र थकाली समुदायको पहलमा ठिनी गाउँ नजिकै कोतघरमा सङ्ग्रहालय बनाइएको हो । सङ्ग्रहालयमा थकाली समुदायको परम्परागत कला संस्कृति र परम्परा झल्कने वेषभूषा, ऐतिहासिक दस्तावेज, देवीदेवताका तस्बिर, अग्रजले प्रयोग गरेका विभिन्न […]

२०७३ चैत्र १० गते, बिहीबार

सहयोगी बिना नै पदयात्रा गर्ने क्रम बढ्दो

काठमाडौ, ९ चैत । पदयात्राका लागि आउने विदेशी पदयात्री नेपाली सहयोगी बिना नै पदयात्रामा जाँदा समस्या बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आउने अधिकांश विदेशी पर्यटक यहाँ हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट उडानका साथै जिपफ्लाई र अन्नपूर्ण सर्किट एवम् मर्दी हिमालमा पदयात्राका लागि जाने गरेका छन् । पदयात्रामा जाँदा नेपाली सहयोगी लिएर जानुपर्ने भएपनि बिना सहयोगी […]

२०७३ चैत्र ९ गते, बुधबार

पाथीभरा जाने पदमार्गको स्तरोन्नति हुदै

काठमाडौं, ६ चैत । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गको स्तरोन्नति शुरु भएको छ । नेपाली सेनाले ताप्लेजुङको पाथीभरामा जाने तीर्थयात्रीलाई पैदल यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको पैदल मार्ग स्तरोन्नति गर्न शुरु गरेको हो । पहिलो चरणमा नमूनास्वरुप ३ सय मिटर बाटो ३ मिटर चौडाईमा ढुंगा छाप्ने काम सुरु भएको नयाँ रणभिम […]

२०७३ चैत्र ६ गते, आईतवार