पर्यटन

भोलि महाशिवरात्रि , बिभिन्न स्थानमा सवारी–साधन प्रवेशमा रोक

काठमाडौं, १२ फागुन । भोलि महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ९ स्थानबाट चल्ने सवारी–साधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवीचोकबाट पुरानोबानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखामार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी–कुटुबहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुन्ड तथा मित्रपार्कतर्फ तथा तिलगंगाबाट गौशालातर्फ रोक लगाएको हो । यस्तै, मालबाहक सवारी–साधनलाई […]

२०७३ फाल्गुन १२ गते, बिहीबार

समस्यै समस्यामा जेलिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

काठमाडौं, १० फागुन । डोल्पा जिल्लामा रहेको नेपालकै सबैभन्दा ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज विभिन्न समस्यामा जेलिएको छ । दिन प्रतिदिन सक्रिय चोरी तस्करीका कारण निकुञ्जको अस्तित्व समेत गुम्नसक्ने खतरा बढेको छ । बढ्दै चोरी तस्करी : पछिल्लो समयमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चोरी तस्करीको ‘हव’ बन्न थालेको छ । दिन प्रतिदिन दुर्लभ जडीबुटी तस्करी तथा वन्यजन्तु […]

२०७३ फाल्गुन १० गते, मंगलवार

पशुपतिमा महाशिवरात्रिको चहलपहल

काठमाडौं,५ फागुन । पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । विगत वर्षमा मूल समारोह समिति […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

संरक्षणको पर्खाइमा ‘दह ताल’

काठमाडौं, ५ फागुन । प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीका कारण ‘सानो फेवाताल’को नामले चिनिने म्याग्दीको बरङ्जा गाविसस्थित दह ताल ओझेलमा परेको छ । निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा यो ताल ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दह ताल करिब पाँचसय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेक्स’मर्मत गरिने

काठमाडौं, ४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत गरिने भएको छ । गत वर्षको भूकम्पका कारण क्षतिग्रस्त भएका उपकरणका साथै डेक्सलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य संगठनको रु ३५ लाखको सहयोगमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हेल्थ डेक्सको मर्मत गरी गुणस्तरीय बनाउन लागिएको हो । अफ्रिकन […]

२०७३ फाल्गुन ४ गते, बुधबार

जोनले चुमे बेमौसममा सगरमाथा शिखर

काठमाडौं,४ फागुन । भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् । प्रेम दिवसका अवसरमा श्रीमान्श्री/मती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा […]

२०७३ फाल्गुन ४ गते, बुधबार

नयाँ पक्षी देखिए

काठमाडौं, २ फागुन । संरक्षणको अभावमा म्याग्दीका दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका छन् । जिल्ला वन कार्यालयलगायतका सरोकारवाला निकायले चोरी सिकारी तथा वन फँडानीमा ध्यान नदिँदा वासस्थानको अभावका कारण दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका हुन् । म्याग्दी जिल्लाका कुँहू, मालिका, घोडेपानी, बरङ्जा, ताकम, धारापानी, रुम, ओखरबोटलगायतका गाउँका जङ्गलमा पाइने सुनगिद्ध, मुनाल, कालिज, चीरकालिज, हाडे गिद्ध, […]

२०७३ फाल्गुन २ गते, सोमबार

नागको मूर्ति चोरी

काठमाडौं, २९ माघ । सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ । करिब पाँच लाख बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । त्यसैगरी सूर्यविनायक नगरपालिका– १२ चितापोल देउजा गाउँका ३६ वर्षीय राम देउजाको शव सोही नगरपालिकाको नलिन्चोक जोरपाटीस्थित […]

२०७३ माघ २९ गते, शनिबार

बलभद्रले बनाएको घर संरक्षणको पर्खाइमा

काठमाडौं, २८ माघ । राष्ट्रिय विभूति तथा नालापानी युद्धका नायक बलभद्र कुँवरले निर्माण गरेको काठमाडौं, इचंगुनारायाणस्थित दुई सय बर्ष पुरानो घरको अब अवशेषमात्र बाँकी छ । नालापानीबाट फर्केपछि बलभद्रले सन् १८७२ मा निर्माण गरेको उक्त घरको संरक्षण हुन सकेको छैन । कमजोर धरोहर गत बर्षको भूकम्पले भग्नावशेषमा परिणत गरेको थियो । घरसँगै बलभद्र तथा उनका […]

२०७३ माघ २८ गते, शुक्रबार

‘सम्पदा पुनःनिर्माणमा ठेक्काप्रथा रोक्न माग ‘

काठमाडौं, २८ माघ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रका बासिन्दाले स्थानीयबासिन्दाले हनुमानढोका दरबारनजिकैको शिव–पार्वती डबलीमा अन्तरक्रिया एवं कार्यक्रम गरी सम्पदा पुनःनिर्माणमा ठेक्काबाट नभइ अमानतबाट गरिनुपर्ने माग राखेका छन् । उनीहरुले सम्पदा पुनःनिर्माणमा ठेक्काप्रथाको विरोध गरेका छन् । उनीहरुले पुनःनिर्माण गर्दा सम्पदाको स्वरुप र बनावट आफ्नै मौलिकताअनुसार पुरानै शैलीमा हुनुपर्ने र स्थानीय जनसहभागिता अपरिहार्य भएकोमा जोड दिए […]

२०७३ माघ २८ गते, शुक्रबार