पर्यटन

नयाँ प्रजातिको चरा भेटियो

काठमाडौँ । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ। घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए। उनका […]

२०८१ जेष्ठ १७ गते, बिहीबार

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइदैं

काठमाडौँ । आज मे २९ , अन्तर्राष्ट्रिय सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरिन्छ । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरेर सगरमाथा दिवस मनाउँदै छ । नेपाल सरकारले सन् २००८ देखि मे […]

२०८१ जेष्ठ १६ गते, बुधबार

सगरमाथामा ५ आरोहीको मृत्यु, ३ बेपत्ता

काठमाडौँ । पर्यटन विभागले जारी पर्वतारोहण सिजनमा सगरमाथामा ५ आरोहीको मृत्यु भएको जनाएको छ । विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल […]

२०८१ जेष्ठ १२ गते, शनिबार

कामीरिता शेर्पाद्वारा ३० औँ पटक सगरमाथा आरोहण

काठमाडौँ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार आज बिहान ७ बजेर ४९ मिनेट जाँदा शेर्पाले ३० औँ पटक चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएका हुन्।‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गरेका छन्,’ […]

२०८१ जेष्ठ ९ गते, बुधबार

कामीरिता शेर्पा पुनः सगरमाथा चढ्दै

काठमाडौं । विश्व प्रख्यात नेपाली आरोही कामीरिता शेर्पा ३०औं पटक सगरमाथाको चुचुरो चुम्न सोमबार बिहान आधारशिविरबाट उकालो लागेको छ । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् । वैशाख ३० गते उनले २९औं पटक सगरमाथामा सफल आरोहण गरेको थियो ।कामीरिता ४ जना विदेशी आरोहीसहित सगरमाथा […]

२०८१ जेष्ठ ७ गते, सोमबार

रसुवागढी नाकामा चहलपहल

काठमाडौँ । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ। भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो।अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी […]

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

काठमाडौँ । वैशाख शुक्लनवमी सीताको जन्मदिन, आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ । जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको […]

२०८१ जेष्ठ ४ गते, शुक्रबार

‘विश्व शान्ति दीप’ सगरमाथा आधार शिविरतर्फ

काठमाडौँ । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ । एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रीयमार्फत दक्षिण एसियामा म्याराथनका कीर्तिमानी […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन

काठमाडौँ । पाथीभरा क्षेत्र विकास समितिले प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको जानेको छ । समितिले उक्त भेटी वैशाखमा सङ्कलन भएको सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

हेटौँडा कला महोत्सव सुरु हुँदै

काठमाडौँ । शनिबारीय स्थलगत कला कार्यशाला अभियानद्वारा आयोजित ‘हेटौँडा कला महोत्सव’ जेठ ३ गतेदेखि महोत्सव हुँदैछ । उक्त कला महोत्सवले हेटौँडाको ऐतिहासिक साँस्कृतिक एवं पर्यटकीय गरिमालाई ललितकलाका माध्यामबाट संरक्षण एवं प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय संरक्षक रहेको महोत्सवमा हेटौंडा उपमहानगरपालिकाले समेत सहकार्य गरेको छ […]

२०८१ जेष्ठ २ गते, बुधबार