पर्यटन

२०२४ मा नेपाल घुम्न आउने पर्यटक संख्या १२ लाख नाघ्ने !

काठमाडौं । नेपाल पर्यटन बोर्डले सन २०२४ मा नेपाल घुम्न आउने पर्यटक संख्या १२ लाख नाघ्ने अनुमान गरेको छ । बोर्डको पछिल्लो तथ्यांकअनुसार विदेशी पर्यटक आगमन संख्या कोरोना भाइरसको वैश्विक महामारी आउनुभन्दा अघि सन् २०१९ कै हाराहारीमा पुग्ने देखिएको छ । सन् २०२४ सुरुवातदेखि नै नेपाल घुम्न आउने पर्यटक संख्या आशातित रूपमा बढेको छ । […]

२०८१ जेष्ठ १ गते, मंगलवार

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आफ्नै रेकर्ड तोड्दै आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् ।विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से […]

२०८१ बैशाख ३० गते, आईतवार

रातो मछिन्द्रनाथको रथयात्रा सुरू हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ । पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै […]

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौँ । यो वसन्तमा सगरमाथा आरोहणका लागि मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले बताएकार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो […]

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

काठमाडौँ । नेप्से ५ अंकले बढेर बजार १९ सय ६६ मा पुगेको हो । आज बैक, वित्त, होटल तथा पर्यटन, निर्जिवन बिमा लगायत १० वटा उपसुचक सामान्य अंकले बढ्दा जीवन बिमा, उत्पादन र लघुवित्त समूह ओरालो लागेका छन् । बिहीबार १ सय १५ कम्पनीको मूल्य बढ्दा १ सय १५ वटै कम्पनीको शेयर मूल्य घटेको छ […]

२०८१ बैशाख २७ गते, बिहीबार

अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता हुँदै

काठमाडौँ। आगामी असार ३ र ४ गते सोलुखुम्बुको महभिरमा साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौँमा माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई रसङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर […]

२०८१ बैशाख २७ गते, बिहीबार

होटेल तथा पर्यटन श्रमिकद्वारा ‘हान’लाई छ बुँदे ज्ञापन पत्र

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन हरूले हान लाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियनहरू नेपाल पर्यटन तथा होटेल […]

२०८१ बैशाख २७ गते, बिहीबार

रोट महोत्सव जेठ १० गतेदेखि

काठमाडौँ । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन प्रसिद्ध धार्मिकस्थल गुरु गोरखनाथको मन्दिरमा आगामी जेठ १० गतेदेखि २१औँ सवा लाख रोट महोत्सवको आयोजना गरिएको छ । आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने र रोट महोत्सवमा धार्मिक प्रवचनसहित भजनकीर्तन […]

२०८१ बैशाख २५ गते, मंगलवार

अप्रिलमा एक लाख ११ हजार तीन सय ७६जना पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्षको तुलनामा १२ दशमलव ७६ प्रतिशतले धेरै हो । यस्तै कोभिड–१९ महामारी शुरु हुुनुभन्दा अघि सन् २०१९ को अप्रिलमा भन्दा यो वर्षको अप्रिलमा झन्डै दुई हजार जनाभन्दा धेरै पर्यटक आएका बोर्डले जनाएको […]

२०८१ बैशाख २० गते, बिहीबार

मनास्लु हिमाल आरोहण दिवस मनाइंदै

काठमाडौँ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८औँ मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको छ । सोही समयदेखि अन्तर्राष्ट्रिय साहासिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ । बुधबार गोरखामा धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना […]

२०८१ बैशाख २० गते, बिहीबार