पर्यटन

‘भक्ति थापा पार्क’ निर्माण

काठमाडौं । लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए । भक्ति थापाको सम्मानका साथै ऐतिहासिक राइनास मोहोरियाकोटलाई पर्यटकीय आकर्षणको केन्द्र […]

२०७८ फाल्गुन ३ गते, मंगलवार

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्ला

काठमाडौ । कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुलेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए । तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ […]

२०७८ माघ २८ गते, शुक्रबार

सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान हुदै

काठमाडौं । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि आज नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको छ । उक्त विमानस्थलमा आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ ।नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिए […]

२०७८ माघ २६ गते, बुधबार

अन्तर्राष्ट्रिय उडानमा नयाँ मापदण्ड

काठमाडौं । वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जारी गरेको आदेश अनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुका लागि नयाँ मापदण्ड लागू भएको छ। उडानमा सहभागी हुने यात्रुलाई मासुजन्य पदार्थ र विभिन्न प्रजातीका बोट विरुवा लैजानका लागि क्वारेन्टाइन कार्यालयको अनुमति अनिवार्य गराइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेको सुचना अनुसार यात्रुले मासुजन्य खाद्य पदार्थ […]

२०७८ माघ २० गते, बिहीबार

सिमसार : सम्पूर्ण जीवहरुको जिवनको आधार

काठमाडौँ । विश्वभर रहेको सिमसार क्षेत्रहरुको संरक्षण र दिगो व्यवस्थापन गर्न उद्देश्यले इरानको रामसार शहरमा सन १९७१ मा सिमसारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि पारित भएसँगै हरेक वर्ष फेब्रुअरी २ मा सिमसार दिवस मनाउन थालिएको हो । तत्कालिन समयमा विभिन्न १८ राष्ट्रको सहभागितामा भएको सो सन्धिमा पहिलो पटक विश्वका केही महत्वपूर्ण भूभागलार्ई रामसार सूचिमा सूचिकृत गर्न काम गरेको […]

२०७८ माघ १९ गते, बुधबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आउँदो बुद्ध जयन्तीदेखि नियमित उडान सुरु गर्ने सरकारको योजना छ । विमानस्थलबाट आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताए ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

२०७८ माघ १६ गते, आईतवार

गैँडा मरेको घटनामा इन्डो सगुन जेभीका सञ्चालकलाई पक्राउ पूर्जी

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा पक्राउ पूर्जी जारी गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पूर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान […]

२०७८ माघ १४ गते, शुक्रबार

सारसको सङ्ख्या घटदै

काठमाडौं । सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण हो ।“सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ”, नेपाल पक्षी संरक्षण सङ्घका चरा […]

२०७८ माघ १३ गते, बिहीबार

बाघ सर्वेक्षण सम्पन्न

काठमाडौँ । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ। एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र, […]

२०७८ माघ ९ गते, आईतवार

चिडियाखाना अवलोकनमा खोप कार्ड अनिवार्य

काठमाडौं। पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिएको हो । ‘अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै कोरोना भाइरसविरुद्धको खाप काड पनि साथमा लानु पर्नेछ’, चिडियाखानाका सूचना अधिकारी लीना […]

२०७८ माघ ६ गते, बिहीबार