पशुपति क्षेत्रका सबै मन्दिर बन्द !

काठमाडाैं । पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको हो। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो। विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो। […]
२०७८ बैशाख १० गते, शुक्रबार