पर्यटन

पशुपतिनाथ मन्दिर खुल्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण चैत्र ११ गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजदेखि खुला भएको छ । मन्दिर स्वास्थ्य सतर्कता अपनाएर खुला गरिएको हो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । पहिलो चरणमा […]

२०७७ पुष १ गते, बुधबार

राप्तीमा १० वटा गोही छोडियो

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो । निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो ।यस आर्थिक वर्षमा १०० […]

२०७७ मंसिर ३० गते, मंगलवार

काठमाडौँ-दिल्ली उडान पुन: सुचारु हुदै

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब ९ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न […]

२०७७ मंसिर २८ गते, आईतवार

आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस

काठमाडौं । आज डिसेम्बर ११ अर्थात अन्तर्राष्ट्रिय पर्वतीय दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ । पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ । पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ […]

२०७७ मंसिर २६ गते, शुक्रबार

हुस्सुका कारण हवाई उडान प्रभावित

काठमाडाैं । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । आज बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए । […]

२०७७ मंसिर २६ गते, शुक्रबार

सदर चिडियाखाना भोलिबाट खुल्ने

काठमाडौं । चिडियाखानाका प्रमुख डा. चिरञ्जिवीप्रसाद पोखरेलका अनुसार कोरोना महामारी सुरु भएसँगै गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको पोखरेले जानकारी दिए । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने छ । एकपटकमा ७ सयदेखि […]

२०७७ मंसिर २४ गते, बुधबार

आठ पारा पाइलटलाई कारवाही !

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पाराग्लाइडिङ उडानमा लापरवाही गरेको भन्दै आठ जना पारा पाइलटलाई कारवाही गरेको छ । क्यानले उनीहरुलाई अनिश्चितकालका लागि उडानमा निषेध गर्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन पत्राचार समेत गरेको छ । ती पाइटलहरुले उडानको समयमा निषेध गरिएका क्रियाकलाप गरेको भन्दै क्यानले स्पष्टीकरणको लागि बोलाएको हो ।दुई साताअघि पोखरामा पाराग्लाइडिङ […]

२०७७ मंसिर २४ गते, बुधबार

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको जनाएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको हो ।त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका […]

२०७७ मंसिर २३ गते, मंगलवार

सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिदै

काठमाडौ । नापी विभागले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न लागेको छ । विभागले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ उचाई सार्वजनिक गर्न लागेको हो । नयाँ सर्भे अनुसार सगरमाथाको उचाइ केही बृद्धि भएको बताइएको छ । सगरमाथाको मुनि रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचल जारी रहेको भारत र चीन तर्फको प्लेटले ठक्कर दिदाँ उचाइ बढेको […]

२०७७ मंसिर २२ गते, सोमबार

इयुद्वारा नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा युरोपियन युनियन इयुले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत गरेको छ । इयुले नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको थियो । इयुले विज्ञप्ती जारी गरी नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको बताएको छ । विज्ञप्तमिा इयुले सुरक्षित हवाइ उडानका लागि […]

२०७७ मंसिर २२ गते, सोमबार