आजबाट सम्पदा पुनः निर्माण सुरु
काठमाडौ, १३ बैशाख । सरकारले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु पुनः निर्माणको काम आजबाट सुरु गर्ने भएको छ । आज विभिन्न चार स्थानबाट सम्पदाहरु पुनःनिर्माणको काम सुरु गर्ने पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रधानमन्त्रीसहित दलका शीर्ष नेताबाट बिहान ९ बजे एउटै समयमा सम्पदा पुनःनिर्माणको अभियान सुरु गर्ने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । […]
२०७३ बैशाख १३ गते, सोमबार