पर्यटन

थासाङको ताल र गुफालाई पर्यटकीय गन्तव्यमा विकास गरिँदै

काठमाडौँ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचित धार्मिक र पर्यटकीय स्थल हुन् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुस्ताङमा अन्य थुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल […]

२०८० पुष २९ गते, आईतवार

मनोहरा क्षेत्रमा चरा गणना शुरु

काठमाडौँ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरल, नेपाल पन्छीविद् सङ्घ, लेट्स वर्क फर विल्डलायफ, नेपाल पन्छी संरक्षण सङ्घ, कोशी टप्पु वर्ड वाचिङ क्पाम्प प्रालि सुनसरी र पोखरा पन्छी समाजको समन्वयमा यही जनवरी २ देखि १८ सम्म नेपालका विभिन्न क्षेत्रमा पन्छी गणना गर्ने क्रममा आजदेखि भक्तपुरको मनोहरा क्षेत्रमा चरा गणना सुरु गरिएको […]

२०८० पुष २८ गते, शनिबार

गैँडा तस्करी अभियोगका फरार अभियुक्त पक्राउ

काठमाडौँ । गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० […]

२०८० पुष २६ गते, बिहीबार

एमक्यापको म्याद पाँच वर्ष थप

काठमाडौँ । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको एमक्यापको आगामी पाँच वर्षसम्मका लागि म्याद थप भएको हो ।एमक्यापका प्रमुख सन्तोष शेरचनले भने – ‘गएको २०७७ असारदेखि म्याद थपको निर्णय नहुँदा कार्यालय रहने वा नरहने भन्ने अन्योलताका कारण समस्या हुँदै आएको थियो। […]

२०८० पुष २५ गते, बुधबार

बाघको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन्। निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो। सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघको अनुगमन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी […]

२०८० पुष २५ गते, बुधबार

सौराहामा पर्यटकको ओइरो

काठमाडौँ । चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाई छ ।पर्यटन व्यवसायीहरुले पर्यटकहरुको […]

२०८० पुष २४ गते, मंगलवार

पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी गरेको छ […]

२०८० पुष २४ गते, मंगलवार

शिवगढी पर्यटन विकास संस्थाको अधिवेशन सम्पन्न

काठमाडौँ । शिवगढी पर्यटन विकास संस्थाको १३ औँ साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले समष्टिगत प्रतिवेदन र लेखाप्रतिवेदन पारित गर्दै नयाँ समिति चयन गरेको छ । शिवगढी पर्यटन विकास संस्थाको अध्यक्षमा माल बहादुर घर्ती मगर, उपाध्यक्षमा विनाेद सी द्वितिय उपाध्यक्षमा बादल सी, सचिवमा दिपेन्द्र प्रसाद निराैला, सह-सचिवमा सन्ध्या बुढाथोकी र सथिया थारु, […]

२०८० पुष २२ गते, आईतवार

धुर्वे हात्तीको आतंक : चार घर ध्वस्त

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको धुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । […]

२०८० पुष २० गते, शुक्रबार

सिन्धुलीमाडीमा फुड फेस्टिभल हुँदै

काठमाडौँ । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकासँगको समन्वयमा खानाका पारखीहरुलाई थप स्वाद दिलाउने उद्देश्यले सिन्धुलीमाडीमा फुड फेस्टिभल आयोजना गरिने भएको छ ।सिन्धुलीमाढीको खुलामञ्चमा पुस २७ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने फुड फेस्टिभलको मूल उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र स्थानीय परिकार तथा उत्पादनको प्रचार प्रसार गर्ने रहेको आयोजकले जनाएको छ ।सिन्धुली […]

२०८० पुष १८ गते, बुधबार