डा दुबसु क्षेत्रीलाई गोधुली साहित्य-सिर्जना सम्मान

२०७९ जेष्ठ १६ गते, सोमबार

काठमाडाैँ । वरिष्ठ कवि डा दुबसु क्षेत्रीलाई गोधुली साहित्य–सिर्जना सम्मान प्रदान गरिएकाे छ । गोधुली साहित्यिक प्रतिष्ठानले आइतबार राजधानीमा सम्पन्न गरेकाे चौँथो वार्षिक साधारण सभाका अवसरमा उक्त सम्मान प्रदान गरेकाे हाे । प्रतिष्ठानले गोधुली साहित्य–सिर्जना विशेष अभिनन्दन (२०७८) बाट वरिष्ठ कवि क्षेत्री, गोधुली भानुभक्त पोखरेल बाल साहित्य सम्मान (२०७८) बाट बाल साहित्यकार निर्मला बराल सम्मानित गरेको हो । यस्तै, गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कार (२०७८) बाट समाजसेवी पशुपति गुरुङ सम्मानित भएका छन । सम्मानित गुरुङ संस्कार समाज नेपालको अध्यक्ष समेत हुन ।
यसैगरी, गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम, गोधुली वर्ष कृति पुरस्कारबाट लेखक वसन्त ओली, गोधुली समाजसेवा सम्मान उर्मिला विश्वकर्मा र वीना बस्नेत, गोधुली युवा सिर्जनशील सम्मान भूपेन्द्र विश्वकर्मा र रोशन विशंखे, गोधुली कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाइराम खड्गीलाई प्रदान गरिएको छ ।
गोधुली–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार बाल कलाकार प्रशन्न श्रेष्ठ र गोधुली सेवा सम्मानबाट पवनलाल श्रेष्ठ सम्मानित हुनुभएको हो । सम्मानित व्यक्तिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गरेका हुन् ।
कार्यक्रममा कुलपति उप्रेतीले नेपाल भाषा, साहित्य र कला क्षेत्रको विकास र विस्तारमा लागेका व्यक्तिलाई सम्मान गरेर गोधुली प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो । उहाँले सम्मानित व्यक्तिलाई आगामी दिनमा समेत आफ्नो कला, साहित्य र भाषालाई अगाडि बढाउन आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार