एमसीसी विरुद्ध जनसंगीत अभियान

२०८० आश्विन १२ गते, शुक्रबार

काठमाडौँ । सामना साँस्कृतिक परिवारले प्यूठानमा एमसीसी विरुद्ध सामना जनसंगित अभियान सन्चालन गर्ने भएको छ । अभियानको लागि अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तरगत व्यूरो सामना साँस्कृतिक परिवार बिहीबार प्यूठान आइपुगेको छ ।
प्यूठान नगरपालिका नयाँ बजार जुमृ आइपुगेको सामना परिवारलाई नेपाल कम्यूनिष्ट पार्टी प्यूठानले जुमृमा फुलमालासहित स्वागत गरेको छ ।
राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध प्यूठानमा जनलहर पैदा गर्ने उद्देश्यले जनसंगित अभियान सन्चालन हुन लागेको नेकपा प्यूठानका सेक्रेटरी परिवर्तन सीले जानकारी दिए । एमसीसी सम्झौताको दफा ५.१(ख) (३) मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३.१ (च) मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पतीमा एमसिसिको मात्र हक रहने, दफा ६.८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनैपनि कानुन नलाग्ने, सम्झौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसीसीको कानुन मान्य हुने लगाएतका बुँदाहरु राष्ट्रघातीबुँदा रहेकाले एमसीसी सम्झौता विरुद्ध सशक्त संघर्षमा होमिन नेकपा प्यूठान आम सर्वसाधारण जनतालाई अपिल गरेको छ ।
सामना जनसंगित अभियान यहि असोज १४ गते देखि जिल्लाका सबै स्थानीय तहमा सन्चालन हुने नेकपाका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार