एक सय किलो सुन बरामद प्रकरण: ६ जना पक्राउ

२०८० श्रावण ४ गते, बिहीबार

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । पक्राउ पर्नेहरुमा रेडी ट्रेडका सञ्चालक भनिएका दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेण्ट राजेन्द्र राइ, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । तर, सुनको वास्तविका साहु भने दीपक मल्होत्रा भएको अनुसन्धानमा संलग्न राजश्व अनुसन्धानका कर्मचारीहरुले बताएका छन् ।
चार दिन अघि हङकङबाट क्याथेप्यासिफिकको विमान मार्फत काठमाडौं आईपुगेको सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ बरामद गरेको हो । स्कुटर पार्टस् र दाह्री काट्ने रेजर भनेर ल्याइएको सुनको यकिन मात्रा भने अझै निक्र्यौल भइसकेको छैन ।
काठमाडौंको रेडी ट्रेड प्रालि नाममा उक्त सामान आए पनि सुन ल्याउने तस्कर को हो भन्ने घाेषणा राजश्व अनुसन्धानका कर्मचारीहरुले गरेका छैनन् ।
१ सय ६० वटा प्याकमा ल्याइएको सुनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुने अनुमान छ । बरामद भएको सुन नेपालमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो परिमाण हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार