स्थानीय तहमा बन्ने अस्पताललाई कर्जा सुविधा

२०८० भाद्र २७ गते, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा बन्ने सय शय्यासम्मका अस्पताललाई कर्जा सुविधा दिने व्यवस्था गरेको छ । बैंकले स्थानीय तहमा सय शय्यासम्मका अस्पताल बनाउन बैंक तथा वित्तीय संस्थाले २० करोडसम्म कर्जा दिन सक्ने गरी व्यवस्था गरेको हो । स्थानीय तहमा १०० शय्यासम्मको अस्पताल बनाउन आधारदरमा २ प्रतिशतसम्म प्रिमियम थप्न पाइनेछ । विकासका लागि पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० शय्यासम्मको अस्पताल स्थापना गर्न आधारदमा बढीमा २ प्रतिशतसम्म प्रिमियम थपेर २० करोडसम्म कर्जा प्रवाह गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधार बलियो हुनेपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]