नेपाली गलैँचा तेस्रो मुलुक निर्यात !

२०८२ श्रावण २ गते, शुक्रबार


काठमाडौँ । प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना गलैंचा तेस्रो मुलुकमा निर्यात हुन थालेको जनाएको छ। उद्योगले गत बिहीबार ३० हजार वर्गमिटर गलैंचा वीरगञ्ज सुक्खा बन्दरगाहमार्फत संयुक्त अरब इमिरेट्स, केन्या र संयुक्त राज्य अमेरिका लगायतका मुलुकमा पठाएको हो।
यसअघि भारतमा मात्र निर्यात गर्दै आएको उद्योगले करिब १ करोड रुपैयाँ बराबरको गलैंचा तेस्रो मुलुकमा पठाएको जनाएको छ। उद्योगका युनाइटेड सञ्चालक अमन साहका अनुसार लामो प्रयासपछि तेस्रो मुलुकमा निर्यात गर्न सफल भएका हुन्।
जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा रहेको सो उद्योगले करिब १०० जनालाई रोजगारी दिएको छ। वार्षिक २० लाख वर्गमिटर गलैंचा उत्पादन क्षमता रहेको उद्योगमा ४० करोड रुपैयाँ लगानी गरिएको छ। प्रतिवर्गमिटर ९०० देखि ४ हजार रुपैयाँसम्म मूल्य पर्ने गलैंचा उत्पादन हुँदै आएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ आयात गरी तयार उत्पादित वस्तु पुनः निर्यात हुनु सुखद पक्ष भएको बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मूल्य पारदर्शिता सप्ताह सुरु हुँदै

२०८३ बैशाख २७ गते, आईतवार

नेप्से २७.४९ अंकले बढ्यो

२०८३ बैशाख २५ गते, शुक्रबार

नेप्से ६.९४ अंकले बढ्यो

२०८३ बैशाख २४ गते, बिहीबार