जापानले भारतीय आँप नभित्र्याउने !

२०८३ जेष्ठ १७ गते, आईतवार


काठमाडौँ । जापानले भारतबाट निर्यात हुने आँपमाथि रोक लगाएको छ। जापानी अधिकारीहरूले भारतीय आँपमा प्रयोग गरिने ‘भेपर हिट ट्रीटमेन्ट (VHT)’ अर्थात् कीरा, अण्डा र लार्भा नष्ट गर्ने प्रक्रिया मापदण्डअनुसार नभएको निष्कर्ष निकालेपछि यस वर्ष भारतबाट आँप आयात रोक्ने निर्णय गरेका हुन्। जापानले यो प्रतिबन्ध अस्थायी भनेको भए पनि भारतीय निर्यात प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
विशेषज्ञहरूका अनुसार जापानले भारतबाट खरिद गर्ने आँपको मात्रा अत्यन्त सानो थियो। भारतको कुल आँप निर्यातमध्ये जापानको हिस्सा १ प्रतिशतभन्दा पनि कम मानिन्छ। तर यो विषय व्यापारिक परिमाणभन्दा धेरै गुणस्तर र विश्वासको हो।
जापान विश्वकै सबैभन्दा कडा कृषि तथा खाद्य सुरक्षा मापदण्ड अपनाउने बजारमध्ये एक हो। त्यहाँ ‘जिरो पेस्ट टोलरेन्स’ नीति लागू छ, अर्थात् फलफूलमा कुनै पनि जीवित कीरा, अण्डा वा लार्भा भेटिएमा आयात अस्वीकार गरिन्छ। यसै कारण जापानी निरीक्षकहरू प्रत्येक वर्ष भारत पुगेर निर्यातपूर्व आँपको परीक्षण गर्छन्। यस वर्षको निरीक्षणमा उपचार प्रक्रियामै कमजोरी भेटिएपछि जापानको योकोहामा प्लान्ट प्रोटेक्सन निकायले भारतीय आँप अस्वीकार गरेको हो।

प्रतिक्रियाहरु

[anycomment]