प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख जम्मा

२०८० कार्तिक २५ गते, शनिबार


काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । जाजरकोट भूकम्पपीडितका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । भूकम्पले ध्वस्त जाजरकोट र रुकुमपश्चिममा पीडितका घर पुनर्निर्माणका लागि सरकारले सहयोगको आह्वान गरेको थियो ।
सहयोग घोषणा गरेकामध्ये ५० वटा संघ संस्था, दुई व्यक्ति र अन्यबाट सो रकम उठेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । जसमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले सबैभन्दा धेरै एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दिएका छन् । त्यसैगरी, बुद्ध एयर, ग्लोबल आइएमई बैंक, सूर्य नेपाल प्रालि, गोर्खा ब्रुअरी र राष्ट्रिय वाणिज्य बैंकले घोषणा गरेको एक–एक करोड रुपयाँ पनि कोषमा जम्मा भएको छ ।
राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेस र माओवादी केन्द्रले घोषणा गरेअनुसार ५०–५० लाख राहत कोषमा हालेका छन् भने एकीकृत समाजवादीले दिने भनेको २५ लाख पनि जम्मा भएको छ । सहयोग घोषणा गरेका र प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरिसकेका कतिपय राजनीतिक दल र संघसंस्थाले भने अझै नगद जम्मा गरिसकेका छैनन् । नेपाल रिइन्सुरेन्स कम्पनी प्रालि, एभरेष्ट बैंक र लुम्बिनी विकास कोषले २५ लाखका दरले रकम जम्मा गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार