सर्भेक्षक यादव र भुजेल ४ लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेललाई ४ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारले उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका-१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाछ बिहीबार नियन्त्रणमा लिइएको जनाएको छ ।