सार्वजनिक ऋण २९ खर्ब नाघ्यो !

२०८३ बैशाख ४ गते, शुक्रबार


काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो रकम जीडीपीको ४८.०४ प्रतिशत बराबर हो। ऋणमध्ये वैदेशिक ऋण ५२.६९ प्रतिशत र आन्तरिक ऋण ४७.३१ प्रतिशत रहेको छ। विनिमय दरको अवमूल्यनका कारण मात्र १ खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ बराबरको अतिरिक्त भार थपिएको छ। चालु वर्षका लागि ऋण उठाउने लक्ष्य ५ खर्ब ९५ अर्ब रुपैयाँ रहे पनि चैतसम्म ५८.४५ प्रतिशत मात्र संकलन भएको छ । यसैबीच, नौ महिनामा साँवा–ब्याज भुक्तानीमा २ खर्ब ५८ अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ, जसले ऋण सेवा खर्च बढ्दै गएको देखाउँछ । उठाइएको ऋणको ठूलो हिस्सा पुरानो ऋण तिर्नमै प्रयोग भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु