नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

२०८३ बैशाख ३० गते, बुधबार


काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी (सीआईबी)ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका-६, बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। पक्राउ लगत्तै उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। पाण्डेलाई स्मार्ट सेलको अनुसन्धान प्रकरणमा पक्राउ गरिएको बताइएको छ।
यसअघि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ। स्मार्ट सेलकै अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पक्राउ गरेको थियो।
नेपाल दूरसञ्चार प्राधिकरण जमलबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्न स्मार्ट सेलले अनुमति लिएको थियो। तर उक्त कम्पनिले नियमानुसार अनुमतिपत्र नवीकरण गरेका थिएनन्। नवीकरण नगरेपछि उक्त अनुमतिपत्र स्वत रद्द हुने कानुनी व्यवस्था छ। त्यसो भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १८ अनुसार सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइसकेको सम्पत्तिलाई बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले गैरकानुनी रूपमा लिलामी गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप उनीहरूमाथि छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु