नेप्से ४९० अंकले घट्यो

२०८३ भाद्र १५ गते, सोमबार


काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । शुक्रबार झिनो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने ४३.८९ अंकले घट्न पुग्यो। सोमबार नेप्सेमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५१३.४२ बिन्दुमा पुगेको हो । सोमबार उच्च अंकले नेप्से घट्दा नेप्सेको कुल पुँजीकरण पनि १.७१ प्रतिशतले घटेको छ ।
सोमबार कारोबार भएकामध्ये २५३ वटा कम्पनीको सेयर मूल्य घट्यो भने २१ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । तर, आज ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । समूहगत आधारमा हेर्दा सोमबार नेप्सेमा उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको उपसूचकमा गिरावट आयो । जसमध्ये निर्जीवन बीमा उपसमूहमा सबैभन्दा धेरै अर्थात् ४९०.०६ बिन्दुले गिरावट आएको छ । उच्च अंकले गिरावट आउँदा सोमबार निर्जीवन बीमा उपसमूहको कुल पुँजीकरण पनि ५.०३ प्रतिशतले घटेको देखिन्छ । त्यस्तै, सोमबार होटेल तथा पर्यट समूहको उपसूचक १७४.८७, हाइड्रोपावर समूहको उपसूचक १०४.३६ र जीवन बीमा समूहको उपसूचक २२२.३१ अंकले घट्न पुग्यो ।

प्रतिक्रियाहरु

[anycomment]