प्रवास

राष्ट्रसंघको सुरक्षामा नेपाल प्रहरी

काठमाण्डौं ,२ साउन । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ, मलेसिया र खाडी मुलुकमा रहेका नेपाली दूतावासमा प्रहरी सहचारी राख्न प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई गृहमन्त्रालयले स्वीकृति दिएपछि परराष्ट्रले न्युयोर्कस्थित राष्ट्रसंघीय सचिवालय तथा मलेसिया र संयुक्त अरब इमिरेट्स सरकारलाई पत्राचार गरी औपचारिक आग्रह गरेको हो ।प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले सहचारी प्रस्तावमा राष्ट्रसंघ […]

२०७० श्रावण २ गते, बुधबार

बेल्जियममा भानु जयन्ती

अन्तर्राष्ट्रिय नेपाल साहित्यिक समाज बेल्जियमले आन्त्वेर्पेन शहरमा आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानबारे चर्चा र कवि गोष्ठीको आयोजना गरी २०० औँ मनाएको छ ।कार्यक्रममा उपन्यासकार पंचम अधिकारीले भाषा-साहित्य भनेको मानव जातिको प्रतिष्ठा हो भन्दै नेपाली साहित्यको विकास हुँदै गर्दा नेपालका अन्य राष्ट्रिय भाषाहरू र जातीय पहिचानको सवाल पनि साथसाथै अघि बढीरहने बताए । त्यस्तै, एन. आर. […]

२०७० असार ३० गते, आईतवार

मलेसियामा फेरी नेपाली लुटिए

२७ असार – मलेसियाको सेलेङ्गोर राज्यको बेरनाङमा रहेको स्वीट ड्रिम कम्पनीमा कार्यरत धनुषाका रामनरेश शर्मा र महेन्द्र कुमार लुटिएका छन् । आइएमी रेमीट्यान्समार्फत नेपालमा पैसा पठाएर कोठातर्फ फर्कनेक्रममा शर्मालाई तीन चार जनाको समूहमा रहेको लुटेराहरुले सेरेम्वान बसपार्कमा लुटेका खोटाङ सेवा समाज मलेसियाका महासचिव प्रकाशपुष्पक राईले जानकारी दिए । लुटेराहरुले शर्माको साथबाट नगद, बैंक कार्ड र […]

२०७० असार २७ गते, बिहीबार

भारतीय विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ, २१ असार । परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको निमन्त्रणामा भारतका विदेशमन्त्री सलमान खुर्सिद नेपालको दुईदिने औपचारिक भ्रमणमा आगामी मङ्गलबार नेपाल आउने भएका छन् । नेपाल भ्रमणमा आउन लागेका उनका भारतीय समकक्षीका साथ त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।उक्त मन्त्रालयका अनुसार राष्ट्रपति डा रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र मन्त्री घिमिरेसँग […]

२०७० असार २१ गते, शुक्रबार

कोरियामा कार दुर्घटनामा नेपालीको मृत्यु

काठमाडौं, १९ असार– दक्षिण कोरियामा मंगलबार राति भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । स्थानीय समयअनुसार मध्यराति भएको सो दुर्घटनामा दाङ तुल्सीपुरका शैलेन्द्र थापाको मृत्यु भएको हो । मृतक थापा ईपीएस मार्फत रोजगारी गर्न ४ वर्ष १० महिनाअघि त्यहाँ पुगेका थिए । उनी मंगलबार बेलुका काम सकेर नवराज न्यौपाने र विनोद विकसहित कारमा […]

२०७० असार १९ गते, बुधबार

न्युयोर्कमा लिम्बु संस्कृती झल्काइने

न्युयोर्क, आगमी जुलाई १४ तारिखका दिन अमेरिकामा रहेका किरात लिम्बुहरुले किरांत लिम्बुहरुको संस्कृती झल्काउने भएका छन् । जुलाई १४ तारिखको दिनमा हुन लागेको कार्यक्रमका बारेमा जानकारी दिन गरिएको पत्रकार भेटघाटमा बोल्दै किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष देबेन्द्र सम्बाहाम्फे लिम्बुले आगामी जुलाई १४ मा न्युयोर्कको क्वीन्सब्रिज पार्कमा सिसेक्वा तङनाम मनाइने जानकारी दिए । किरात याक्थुङ चुम्लुङ […]

२०७० असार १८ गते, मंगलवार

तालीवानी आक्रमणवाट चार नेपालीको मृत्यु

काठमाडौं, १८ असार : अफगानस्तानको राजधानी काबुलमा भएको आत्मघाति बम आक्रमणमा चार नेपालीको ज्यान गएको छ । तालिवानले गरेको आत्मघाती बम आक्रमणमा चार नेपाली सुरक्षागार्डको ज्यान गएको काबुलका प्रहरी प्रमुख मोहम्मद अयुव सलङ्गाईलाई उद्धृत गर्दै न्यूयोर्क टाईम्सले जनाएको छ । उनीहरुको परिचय खुल्न सकेको छैन । सो आक्रमणमा चार नेपालीसहित १० जनाको ज्यान गएको छ […]

२०७० असार १८ गते, मंगलवार

विश्व नेपाली साहित्य महासङ्घमा तिगेला

काठमाडौँ, १५ असार । विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिका अध्यक्षमा साहित्यकार विश्वासदीप तिगेला निर्वाचित भएका छन भने उपाध्यक्षहरुमा सागर श्रेष्ठ (साउदी अरेबिया), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेसिया), र सुरेन्द्र लिम्बू ‘परदेशी’ (भारत), महासचिवमा समदर्शी काइँला(युएई), सचिवमा खगेन्द्र अधिकारी (साउदी अरेबिया), सङ्गठन सचिवमा हरि शिवाकोटी(क्यानडा), उपसचिवमा देवेन्द्र खापुङ (नेपाल), आर्थिक सचिवमा केदार […]

२०७० असार १५ गते, शनिबार

अमेरिकाका गैरकानुनी आप्रवासीले ग्रिनकार्ड पाउने

अमेरिका, १४ असार- अमेरिकामा गैरकानुनी रुपमा बस्दै आइरहेका एक करोड बाह्र लाखभन्दा बढी आप्रवासीहरुका लागि बिहिवार एक ऐतिहासिक दिन बनेको छ। बृहत अध्यागमन कानुन सुधार सम्बन्धी विधेयकलाई अमेरिकाको माथिल्लो सदन सिनेटले हिजो बहुमतले पारित गरेको छ। अब यो विधेयकलाई संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ (कंग्रेस) ले पनि पारित गरेमा अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका सबै […]

२०७० असार १४ गते, शुक्रबार

दुबई पुगेका नेपालीको बिजोग

काठमाडौं,१३ असार – दुबई पुगेका चार नेपाली कामदार सम्झौता अनुसारको तलब पाउनबाट बञ्चित बनेका छन् ।मासिक २ हजार ७ सय ७० दिराम पाउनेगरी ललितपुरस्थित स्प्रिङ नेपाल ह्यूमन रिसोर्स प्रालिमार्फत ६ महिनाअघि दुबई पुगेका खोटाङको जलेश्वरी–३ का मोहनकुमार राईसहित मनोज भुजेल, सन्दीप ढकाल र प्रदीप ढकाल सम्झौता अनुसारको तलव पाउनबाट बञ्चित भएका हुन् ।हाल इमिरेट्स ट्रान्सपोर्टेशन […]

२०७० असार १३ गते, बिहीबार