प्रवास

भारतद्वारा चामल निर्यात प्रतिबन्ध खुला

काठमाडौँ । भारतले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको हो । विभागले नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको छ । यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । […]

२०८० कार्तिक २ गते, बिहीबार

ग्रेटवालमा ढुंगाको ग्रिनेड फेला

काठमाडौँ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुंगाको ग्रिनेड फेला पारेका छन् । पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् । “ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलो पटक हो जसले हाम्रो यसअघिको […]

२०८० आश्विन २९ गते, सोमबार

क्यानडाको हिन्दू मन्दिरमा तोडफोड र चोरी

काठमाडौँ । क्यानडाको ओन्टारियो प्रान्तमा रहेको तीन हिन्दू मन्दिरमा तोडफोड र नगद चोरी भएको घटना सार्वजनिक भएको छ । यस घटनामा संलग्नको खोजी भइरहेको दुरहाम क्षेत्र प्रहरीले जनाएको छ । प्रहरीले विज्ञप्तिमार्फत ५ फिट ९ इन्च अग्लो मानिसलाई देखिएको र शारीरिक रुपमा अशक्त देखिएको बताएको छ । क्यानडा प्रहरीका अनुसार ती व्यक्तिलाई अक्टोबर ८ मा […]

२०८० आश्विन २७ गते, शनिबार

अमेरिकाको जेलमा रहेका कुँवरको मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित राइकर्स आइल्यान्ड जेलमा रहेका २७ वर्षीय मनीष कुँवरको मृत्यु भएको छ । यही अक्टोबर ५ तारिख बिहान जेलभित्रै उनको मृत्यु भएको हो । जेल परिसरमा कुँवर अचेत अवस्थामा भेटिएका थिए । उनको मृत्युको कारण खुलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । डकैती आरोपमा कुँवर गत सेप्टेम्बर २७ मा पक्राउ […]

२०८० आश्विन २६ गते, शुक्रबार

रेल दुर्घटना: ६ जनाको मृत्यु

काठमाडौँ । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बुधबार राति १० बजेतिर दुर्घटना भएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी रहेको समाचारमा उल्लेख छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ […]

२०८० आश्विन २५ गते, बिहीबार

‘चीन अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’मा प्रभाव पार्छ’

काठमाडौँ। चीनका राष्ट्रपति सी जिनपिङले चीन–अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने प्रतिक्रिया दिएका छन । बेइजिङमा अमेरिकी सिनेटर समूहसँगको भेटमा सीले परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्ने बताएका हुन । चीन–अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका […]

२०८० आश्विन २३ गते, मंगलवार

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । अफगानिस्तानमा र शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। उक्त भूकम्पमा परि १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त […]

२०८० आश्विन २१ गते, आईतवार

अष्ट्रेलियाका चार सय जङ्गलमा आगलागी

काठमाडौँ । अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएस) ले बताएको छ । कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा […]

२०८० आश्विन १८ गते, बिहीबार

वर्षा र चट्याङवाट आठ जनाको मृत्यु !

काठमाडौँ । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् भने केही वेपत्ता छन् ।झाखण्डको जामतारा जिल्लामा चट्याङ लागेर एक महिलासँगै उनका डेढ वर्षदेखि सात वर्षसम्मका बालबालिकाको मृत्यु […]

२०८० आश्विन १६ गते, मंगलवार

माल्दिभ्सको राष्ट्रपतिमा मोहोमद मुइजी निर्वाचित

काठमाडौँ । माल्दिभ्सको राष्ट्रपतिमा मोहोमद मुइजी निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई हराउँदै मुइजी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । २ लाख ८२ हजार मतादाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो । गत सेप्टेम्बरमा भएको पहिलो चरणको निर्वाचनमा ४६ प्रतिशत मात्रै मत खसेपछी राष्ट्रपति पदका लागि चाहिने मत […]

२०८० आश्विन १४ गते, आईतवार