प्रवास

विदेशमा संक्रमित भएका ३५,९१६ जना नेपाली कोरोना मुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेकका ४२ देशमा संक्रमित भएकामध्ये ३५ हजार ९ सय १६ जना कोरोना मुक्त भएका हुन् । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म विभिन्न देशमा गरेर ३९ हजार ५ सय २८ नेपाली संक्रमित भएका छन् । यो साता दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमणवाट एक नेपालीको मृत्यु भएको […]

२०७७ आश्विन १८ गते, आईतवार

राहुल र प्रियंकासहित २०० जनाविरुद्ध मुद्दा

काठमाडौं भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २०० जनाविरुद्ध मुद्दा लगाइएको छ । भारतीय दन्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उहाँहरुकाविरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु २०० जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० […]

२०७७ आश्विन १६ गते, शुक्रबार

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख नजिक

काठमाडाैँ । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख नजिक पुगेको छ । पछिल्ला केही सातायता भारतमा दैनिक एक हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु हुने गरेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ९९ हजार ८०४ जनाको मृत्यु भइसकेको छ ।पछिल्लो २४ घन्टामा त्यहाँ थप १ हजार ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भारतमा पछिल्लो […]

२०७७ आश्विन १६ गते, शुक्रबार

सीबीआईद्वारा बाबरी मस्जिद प्रकरणका अभियुक्तलाई सफाइ

काठमाडौँ । अयोध्याको बाबरी मस्जिद प्रकरणका अभियुक्तले सफाइ पाएका छन । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) विशेष अदालतले अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको हो । २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनाबारेमा लखनउमा बुधबार अन्तिम फैसला सुनाउँदै अदालतले यस मुद्दामा कुनै ठोस प्रमाण नभको जनाएको छ। विशेष न्यायाधीश एसके […]

२०७७ आश्विन १४ गते, बुधबार

विदेशमा अलपत्र नेपालीलाई निःशुल्क उद्धार गर्न माग

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एशिया प्रशान्त क्षेत्रका मुलुक तथा खाडीलगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमिमा रोग र भोकको […]

२०७७ आश्विन १२ गते, सोमबार

भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन

काठमाडौँ । भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन भएको छ । ६ वर्षदेखि कोमामा रहेका भाजपाका संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा आज विहान निधन भएको हो । सन् २००४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह कोमामा थिए । राजस्थान बाडमेरका जसवन्त सिंहले अटल बिहारी बाजपेयीको सरकारमा विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए […]

२०७७ आश्विन ११ गते, आईतवार

भारतमा चक्काजाम !

काठमाडौँ । अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम गरेको छ । संसद्को दुवै सदनले पारित गरेको विधेयक किसान विरोधी भएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ । विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको जिम्मा लगाउने गरी आएको किसानको भनाइ छ ।सरकारले भने बिधयेकले किसानको आय बढ्ने र उत्पादनको लागि बजार खुल्ने दाबी गरेको […]

२०७७ आश्विन ९ गते, शुक्रबार

रेल राज्यमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु !

काठमाडौँ । भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ६५ वर्षका उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सेप्टेम्बर ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो । सुरेश अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभाका लागि […]

२०७७ आश्विन ८ गते, बिहीबार

भारतमा कोरोनावाट ८८ हजारको मृत्यु !

काठमाडौं । भारतमा हालसम्म ५५ लाख ६२ हजार १ सयजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ८८ हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८६ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार १ सय ३० संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । त्यसै गरी विश्वमा संक्रमितको […]

२०७७ आश्विन ६ गते, मंगलवार

भारतीय संसदमा ‘गाेर्खा जनजाति’काे मुद्दा

काठमाडौं । भारतीय संसदमा पहिलाेपटक ‘गाेर्खा जनजाति’ काे मुद्दा उठेकाे छ । भारतीय संसदकाे मनसुन सत्रमा दार्जिलिङका ‘गाेर्खे सांसद’ राजु विष्टले गोर्खाका ११ जातजातिलाई जनजातिको मर्यादा दिइनुपर्ने आवाज उठाएका हुन् । विष्ट भारतीय जनता पार्टी (भाजपा) काे तर्फबाट निर्वाचित सांसद हुन् ।भाजपाले अघिल्लो लोकसभा चुनावका वेला गोर्खा जातीय समुदायका दुइटा मुद्दालाई चुनावी घोषणापत्रमा समावेश गरेको […]

२०७७ भाद्र ३० गते, मंगलवार