बुद्धको दुर्लभ प्रतिमा सार्वजनिक
काठमाडौं, १५ असोज । दक्षिण कोरियाको राजधानी सोलबाट ३ सय ५४ किमि दक्षिण हाप्छनमा रहेको १ हजार वर्षभन्दा पुरानो गौतम बुद्धको दुर्लभ प्रतिमा सर्वसाधारणका लागि खुल्ला गरिएको छ । ‘त्रिपिटका कोरियाना फेस्टिभल २०१३’ का अवसरमा पहिलोपटक गत शुक्रबारबाट सार्वजनिक गरिएको हो ।नवौं शताब्दीमा चट्टानमा कुँदिएको बुद्धको पूर्ण कदको प्रतिमा त्यहाँको हेइन्सा मन्दिर परिसरमा छ । […]
२०७० आश्विन १५ गते, मंगलवार