प्रवास

स्पेनका सभामुख नेपालमा

काठमाडौँ । बगमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन्। छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग […]

२०७८ कार्तिक ११ गते, बिहीबार

अष्ट्रेलिया विदेश यात्राको प्रतिबन्ध हटाउदै

काठमाडौं । अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकहरुलाई समुद्रपार यात्राको प्रतिबन्ध हटाउने भएको छ । कोरोना महामारीका कारण अनुमति विना समुद्रपार यात्राका लागि लगाइएको प्रतिबन्ध आगामी सातादेखि हटाउने निर्णय अष्ट्रेलिया सरकारले गरेको हो ।आगामी नोभेम्बर १ देखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अष्ट्रेलियामा बस्ने […]

२०७८ कार्तिक १० गते, बुधबार

म्यानमारमा बिद्यार्थी आन्दोलनका अभियन्ता जिमी पक्राउ

काठमाडौं । म्यानमारमा बिद्यार्थी आन्दोलनका क्रममा चर्चामा रहेका अभियन्ता को जिमी पक्राउ परेका छन् । म्यानमारमा सन् १९८८ देखि चर्चामा रहेका उनी पछिल्लो समय सेना बिरोधी आन्दोलन चर्काएको आरोपमा पक्राउ परेका हुन् । म्यानमारको उत्तरी दागोनबाट उनलाई सेनाले घेरा हाली पक्राउ गरेको हो । उनी बसेका ठाउँमा सेनाले घेरा हालेपछी पछाडीको भागबाट भाग्न खोज्दा सेनाले […]

२०७८ कार्तिक ८ गते, सोमबार

भारतमा विमान दुर्घटना, पाइलट घाइते

काठमाडौं । भारतको मध्यप्रदेशमा भारतीय वायु सेवाको विमान दुर्घटना भएको छ। बिहीबार आईएएफ मिराज २००० विमान भिण्डी जिल्लाको बाबेदी गाउँमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा पाइलट घाइते भएका छन्। गाउँलेहरूले दुर्घटनाको खबर प्रहरीलाई गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुगिसकेका छन्। क्षतिबारे थप जानकारी आउन बाँकी रहेको बताइएको छ।

२०७८ कार्तिक ४ गते, बिहीबार

अमेरिकामा नेपाली व्यवसायीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको छ ।बोस्टन शहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नामकोे खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको बताइएको छ । गोली हान्ने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको […]

२०७८ कार्तिक ३ गते, बुधबार

जम्मु–कश्मिरमा मुठभेड : ९ जना भारतीय सैनिकसहित २२ को मृत्यु

काठमाडौं । भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा एक सातादेखि मुठभेड चलिरहेको छ । गत सोमबारदेखि भारतीय सेना र अतिवादी समूहबीच लडाइँ जारी छ र यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा भारतीय सेनाका ९ जना जवान समेत रहेका छन् । मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले […]

२०७८ कार्तिक १ गते, सोमबार

आतंकवादी हमलावाट सांसदको हत्या !

काठमाडौं । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो ।बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा २५ वर्षीय बेलायती नागरिक संलग्न भएको पत्ता लागेको छ । उनलाई पक्राउ […]

२०७८ आश्विन ३० गते, शनिबार

ताइवानले सवांदको ढोका बन्द गरेको चीनको टिप्पणी

काठमाडौँ । ताइवानी राष्ट्रपति साइ इङ्–वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको टिप्पणी गरेको छ । ताइवानको राष्ट्रिय दिवसको अवसरमा त्यहाँकी राष्ट्रपतिको भाषणलाई उत्तेजक भन्दै चिनिया राष्ट्रपति सि जिनपिङले ताइवानले भिडन्त चाहेको बताए ।ताइवानी राष्ट्रपतिले आफ्नो मुलुकमा प्रजातान्त्रिक जीवनशैली जारी राख्ने बताएपछि बेइजिङ क्रुद्ध बनेको हो । चिनियाँ […]

२०७८ आश्विन २५ गते, सोमबार

भारत र चीनबीच उच्चस्तरिय वार्ता हुँदैं

काठमाडौँ । भारतको लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता हुने भएको छ । चीन र भारतको सीमा मोल्डोमा हुन लागको दुई पक्षबीचको यो १३ औं वार्ता हो ।भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई पटक पटक गरेको आग्रह अटेर गर्दै गरेपछि भारतले आजको वार्तामा चीनलाई सेना फिर्ताका लागि थप दवाव […]

२०७८ आश्विन २४ गते, आईतवार

विमानस्थलमा ड्रोन आक्रमण : १० जना मृत्यु , एक दर्जन घाइते

काठमाडौँ । साउदी अरेबियाको जाजन शहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने एक दर्जन मानिस घाइते भएका छन् । यमनसंग सिमाना जोडिएको उक्त शहरको विमानस्थलमा शुत्ररबार राती हमला भएको हो । ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना वंगलादेशी र एक जना सुडानीको मृत्यु भएको र […]

२०७८ आश्विन २३ गते, शनिबार