प्रवास

कोरोनाविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत

काठमाडौं, १५ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ को महामारीविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । कोरोनाबाट उत्पन्न आर्थिक संकट निस्तेज पार्न ल्याइएको विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका हुन् । अमेरिकी इतिहासकै यो सर्वाधिक ठूलो राहत प्याकेज हो । विधेयक अनुमोदन गर्ने क्रममा रिपब्लिकन र डेमोक्रयाट्कि […]

२०७६ चैत्र १५ गते, शनिबार

‘हामी यस प्रकोपमाथि विजयी हुनेछौं र मानवजातिको उज्वल भविष्यलाई अँगाल्ने छौं ‘

काठमाडौ, १४ चैत । तपाईसँग सामेल हुन पाउनु राम्रो कुरा हो । यो सम्मेलन सम्भव तुल्याउन सञ्चार र समन्वयको जबरजस्त योगदान गरेकोमा साउदीका राजा सलमान र साउदी अरेबियाप्रति हार्दिक सराहना व्यक्त गर्दै आफ्नो कुरा शुरु गर्न चाहन्छु । कोविड– १९ को प्रकोपको सामना गर्दै गर्दा हामी सबैलाई चकित तुल्यायो, चिनियाँ सरकार र चिनियाँ जनता निरुत्साहित […]

२०७६ चैत्र १४ गते, शुक्रबार

अमेरिकाले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि

काठमाडौ, १३ चैत । अमेरिकाले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि विश्वका सात ठूला राष्ट्रको संगठन जी–७ मा विवाद बढेको छ । कोरोनाभाइरस सम्बन्धी सात राष्ट्रका विदेश मन्त्री संलग्न बैठकपछि जारी गरिने संयुक्त वक्तव्यमा कोरोनाको सट्टामा ‘वुहान भाइरस’ लेख्नुपर्ने अमेरिकी विदेश विभागको अडानका कारण सयुक्त बक्तव्य जारी हुन पाएन । ‘वुहान भाइरस’ भन्ने शब्द […]

२०७६ चैत्र १३ गते, बिहीबार

जनप्रगतिशिल मोर्चा कतारद्वारा साजन गुरुङलगायत् माथि कारबाही

काठमाडौं , १० चैत । नेपाली जनप्रगतिशिल मोर्चा कतारले मोर्चाको नीति नियम विपरित कार्य गर्नेहरुलाई कार्वाही गरिएको जनाएको छ । मोर्चाले कार्वाही गरिएका ब्यक्तिहरुको नाम राखेर साजन गुरुङ लगायतले अलग्गै संगठन बनाएको भन्ने प्रचार गरेको भन्दै गुरुङ नेतृत्वको उक्त टिम आधिकारीक नभएको र उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको जनाएको छ । जनप्रगतिशिल […]

२०७६ चैत्र १० गते, सोमबार

भारतमा ‘जनता कर्फ्यु ‘ सुरु

काठमाडौं, ९ चैत । भारतमा आज जनता कर्फ्यु लगाइएको छ । बिहान ७ बजेबाट शुरु भएर राति ९ बजेसम्म जनता कर्फ्यु रहने छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आज एक दिनका लागि यो व्यवस्था गरिएको हो । यो घोषणालाई ध्यानमा राखी निजी र सरकारी संस्थाहरुले बन्दको घोषणा गरेका छन् । सम्पूर्ण बजार बन्द रहने […]

२०७६ चैत्र ९ गते, आईतवार

निर्भयाका बलात्कारीलाई फाँसी !

काठमाडौं , ७ चैत । यस अघिका सबै फाँसीको मिति टर्दै आए पनि आज बिहान पौने ६ बजेका लागि तोकिएको फाँसी टर्ने स्थिति नदेखिए पछि निर्भयाका बलात्कार तथा हत्या गर्ने चार आरोपी मध्यराति दिल्ली हाईकोर्ट पुगेका थिए । त्यस पछि फेरी सर्वोच्च अदालत पनि पुगेका थिए उनीहरुका वकिल र परिवार । आठौं पटकको त्यो अन्तिम […]

२०७६ चैत्र ७ गते, शुक्रबार

भारत र पाकिस्तानमा कारोना संक्रमण बढ्दै

काठमाडाैँ, ६ चैत । पाकिस्तानमा कारोनाका कारण दुई जनाको मृत्यु भएको छ । मर्दनमा पहिलो मृत्यु भएको थियो भने पञ्जावमा दोस्रो व्यक्तिको मृत्यु भएको त्याहाँको श्वास्थ्य मन्त्रालयले जनाएको छ । यता भारतमा कोरोना संक्रमितको संख्या एक सय ७० नाघेको छ । यस अघि नै त्याहाँ तीन जनाको मृत्यु भईसकेको छ । भारतले यात्रा प्रतिवन्ध, स्कुल […]

२०७६ चैत्र ६ गते, बिहीबार

डब्लुएचओद्वारा नेपालसहित दक्षिण पूर्वी एसियामा कोरोना फैलन सक्ने चेतावनी

काठमाडौं, ५ फागुन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ । डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशमा कोभिड १९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने चेतावनी दिएको हो । डब्ल्यूएचओ दक्षिण […]

२०७६ चैत्र ५ गते, बुधबार

युराेपेली देशमा सिमाना बन्द गर्न प्रस्ताव

काठमाडाैँ, ४ चैत । युरोपेली संघले कम्तिमा ३० दिनसम्मका लागि युरोपेली मुलुकहरुमा अत्यावश्यक नपरी यात्रा गर्न प्रतिबन्ध लगाउने बताइएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले सोमबार यो घोषणा गरेकी हुन् । उनले अनावश्यक यात्रामा प्रतिबन्ध लगाउनेगरी युरोपियन युनियनभित्र सबै सीमा बन्द गर्न प्रस्ताव गरेकी छन् । उनका अनुसार एकपटक युरोपेली नेताहरूले अनुमोदन […]

२०७६ चैत्र ४ गते, मंगलवार

कोरोनाका कारण मस्जिद बन्द

काठमाडौँ, १ चैत । विश्वभर फैलिएको कोरोना भाइरसका कारण कुवेतस्थित मुस्लिम धर्मावलम्बीले प्रार्थना गर्नेस्थल मस्जिद पनि अस्थयीरूपमा बन्द गरिएको छ। सरकारी अधिकारीले त्यहाँका नागरिकलाई घरमा बसेर प्रार्थन गर्न अनुरोध गरिएको छ। मुलुक यतिखेर महामारीको रुपमा फैलिएको विश्वव्यापी कोभिड-१९ बाट बच्नको लागि युद्ब गरिरहेको बताइएको छ। मन्त्री अवाफले शुक्रबार उक्त घोषणा गरेका हुन्। मस्जिदमा बसेर दैनिक […]

२०७६ चैत्र १ गते, शनिबार