कला तथा साहित्य

‘आगो निभेको छैन’ बजारमा

काठमाडौं, ६ असोज । वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित पुस्तक ‘आगो निभेको छैन’ आजदेखि बजारमा आएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको विहीबार राजधानीमा आयोजित कार्यक्रममा विरही स्वयं, विद्या घिमिरे र गुणकुमारी कोइरालाले संयुक्तरुपमा विमोचन गरे । लोकतन्त्रका लागि भएका आन्दोलनहरुमा आफ्नो सहभागिता, जेलजीवन, पत्रकारितामा भोगेका अनुभवहरु पुस्तकमा समेटिएका छन् । ३ सय ३३ […]

२०७३ आश्विन ६ गते, बिहीबार

छन्दकवि शुभेच्छुसँगै “मलामी” का दुई कुरा (समीक्षात्मक टिप्पणी) – अशोक कुँवर ‘नेत्र’

“मलामी” रमेश शुभेच्छुकृत कविता कृति हो । यो कविता कृति फुटकर कविताहरूको सङ्कलित सङ्ग्रह हो । कलर्स इन्टरनेसनल पब्लिकेसन प्रा.लि द्वारा प्रकाशित यस कृतिमा जम्मा चालिस ओटा फुटकर कविताहरू सङ्गृहीत छन् । कुल बहत्तर पृष्ठमा संरचित यसको मूल कविता खण्ड भने एकसट्ठी पृष्ठको रहेको छ । कविता सङ्ग्रहको बजार मूल्य भने रु. एक सय पचपन्न […]

२०७३ आश्विन ५ गते, बुधबार

गीति एल्बम ‘आउँछु हावा सरी’ सार्वजनिक

काठमाडौं, ३१ भदौ । गायक तथा मोडल विनोद भण्डारीको अभिनय तथा निर्देशनमा रहेको लोक दोहोरी गीति एल्बम ‘आउँछु हावा सरी’ सार्वजनिक भएको छ । बसन्त फिल्मको प्रस्तुतिमा बजारमा आएको एल्बममा विनोद भण्डारीको शब्द रहेको छ भने मेक्सोम खाती र सम्झना भण्डारीको स्वर रहेको छ । बाध्यताले विदेशीएको प्रेमी र गाँउमा रहेकी प्रेमिका बीचको कथात्मक गीतको […]

२०७३ भाद्र ३१ गते, शुक्रबार

भाषा – साहित्य संघ गठन

काठमाडौ , २९ भदौ । नेपाली भाषा – साहित्यको उत्थान गर्ने उद्धेश्यका साथ स्रष्टाहरुले भाषा – साहित्य संघ , नेपाल गठन गरेका छन् । प्रजातन्त्रवादी लेखक साहित्यकारलाई गोलबद्ध गर्दै वरिष्ठ साहित्यकार एवं पत्रकार हरि अधिकारीको अध्यक्षतामा गठन गरिएको सो संघको नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले विधिवत उद्घाटन गरे । सो अबसरमा नेता कार्कीले नेपालको प्रजातान्त्रिक […]

२०७३ भाद्र २९ गते, बुधबार

गायक सुनील बर्देवाको निधन

काठमाडौं,२९ भदौ । गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । ‘गोरेटो अनी उस्तै छ गल्ली’ ‘बिहानीमा अनि साँझमा’लगयत चर्चित गीतका गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टका रुपमा परिचित बर्देवा जन्डिसबाट पीडित थिए । उनले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो […]

२०७३ भाद्र २९ गते, बुधबार

मर्नुअघि – अशोक कुँवर ‘नेत्र’

हो मित्र ! मृत्यु निश्चित छ तर यतिखेर म बुबाको जिम्मेवारी आमाको सपना छिमेकीको बहलाई सम्झँदै छिचोल्दै अनकन्टार जङ्गलहरू गोडालाई नरोकाई पैतलाका डोबहरू कोर्दै छु हो मित्र ! मर्नुअघि मैले केही माइल अघि बढ्नु छ । निकै अप्ठ्यारा छन् बिछ्याएर बाटैभरि काँडा अवरोध गरिएको छ गरिँदै छ प्रहार हाम्रो आस्थामा पारिँदै छ उधोमुन्टो र रेटिँदै […]

२०७३ भाद्र २८ गते, मंगलवार

भाषा आयोगको अध्यक्षमा लवदेव अवस्थी

काठमाडौ, २४ भदौ । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले भाषा आयोगका अध्यक्षमा डा. लवदेव अवस्थीलाई चयन गरेको छ । सरकारका सचिवसमेत रहेका डा. अवस्थीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो । नेपालको संविधानानुसार संविधान जारी भएको एक वर्षभित्र भाषा आयोग गठन गर्ने व्यवस्था छ । सो आयोगको कार्यकाल ६ वर्षको हुनेछ । संविधानको धारा २८७ […]

२०७३ भाद्र २४ गते, शुक्रबार

‘ज्वरोले थलिएका काजु र ज्यानमारा हेलिकोप्टर’ – कर्मसहि घर्ती मगर

जे पनि समय अनुसार हुँदोरहेछ नै । मनमा लिएको संकल्प हठात कहाँ सफल हुन्छ र ? कुनै पनि काम पूरा हुन थुप्रै प्रक्रियाहरू पार हुनु त पर्दोरहेछ । एउटा सपना साकार हुनु चानचुने कुरा अबश्य होईन । दिन हुनलाई एउटा रात ढल्नै पर्छ । रात नढलेर बिहान हुँदैन । बिहान नभै दिन हुँदैन । प्रकृतिको […]

२०७३ भाद्र २२ गते, बुधबार

भाषा आयोग : कानुन बनाउनै हम्मे–हम्मे – बबिता घिसिङ

नयाँ संविधानमा व्यबस्था गरिएको भाषा आयोग गठनको समय सीमा सकिनै लाग्दा सरकारले भाषा आयोग गठन सम्बन्धी गर्ने प्रक्रिया सुरु गरेको छ । तर आयोगको काम कर्तव्य र अधिकार तथा कार्यविधि बारे संघीय कानुन निर्माण गर्नु पर्ने हुँदा सरकारलाई हम्मे हम्मे परेको छ । ‘सरकारले पहिलो पहिलो प्राथामिकतामा राखेर नै भाषा आयोगको पहल सुरु गरेको छ […]

२०७३ भाद्र २१ गते, मंगलवार

कलाकार पालुङ्वाको चरित्रहत्याको प्रयास

काठमाडौं, २० भदौ । दुई दशकयता हङकङमा बसेर कलाकारिता तथा समाजसेवामा तल्लिन गीता पालुङ्वालाई फेसबुक फेक आईडी बनाएर हैरान पार्ने प्रयत्न भएको छ । एक नेपाली चेलीमाथी भएको अभद्र व्यवहारको फेसबुकमार्फत आलोचना गरेकै कारण उनलाई फेक आईडी बनाएर हैरान पार्न खोजिएको बुझिएको छ । मलेसियामा रहेका तेह्रथुम स्थायी ठेगाना भएका प्रकास लेक्वा लिम्बू (फेसबुक नाम […]

२०७३ भाद्र २० गते, सोमबार