लोडसेडिङ लाईन नम्बर एक – मिलनकान्छा किराती
बाध्यताको चिसो बत्तासले म जन्मिएको वस्तीबाट उडाएर कंक्रिटको जङ्गलभित्र मलाई पछारेको दिन पनि निकै घर्किएछ ! थाहा छैन मलाई यो सहरमा कसिङ्गर भएर कतिञ्जेल चौक–चौकमा ठोक्किनुपर्छ ! खुशीको यो झिलीमिली बजारमा खर्चको सवा मिटर चढिरहन्छ आम्दानीको एमसीबी झरिरहन्छ ! आज पनि झ्याप्पै लोडसेडिङ भो एकोहोरो टोलाईरहेछु साँघुरो बरण्डामा जीवनको रङ्ग उडेको उदास बटुवाझै पर चउर […]
२०७३ आश्विन ७ गते, शुक्रबार