सडक यात्रीको गीत

इतिहासको सुरुदेखि ऐलेसम्म सडकमै छौं जिन्दगीले जानेदेखि आजसम्म सडकमै छौं तिमी त के छौ सडकमा हामी पो त सडकमा छौं ! माथि के–के पर्छ अनि तिमी पनि आउने गर्छौ जिन्दावाद र मूर्दावादका नाराहरू लाउने गर्छौ हामीसँग हिँड्नु पर्दा भित्रभित्रै डराउँछौ माथि फेरि के–के मिल्छ रातारात हराउँछौ ! हिजोसम्म कालो सिसा लगाएर गुड्थ्यौँ तिमी सडकसँग डराएर […]
२०७७ फाल्गुन ९ गते, आईतवार