कला तथा साहित्य

कवि वैरागी जेठासित कवितात्मक छलफल

नेपाली कम्युनिस्ट आन्दोलनमा लागेको तीन दसक भइसकेको छ । मेरा जीवनमा निकै अप्ठ्यारा दिनहरू रहे तर हरेस भने कैल्यै खाइनँ । जीवनले जे भोगिरह्यो, त्यो नै मेरो पाठशाला भइरह्यो । २०४० सालको वसन्तदेखि कम्युनिस्ट हुने अवसर जु-यो । काठमाडौँ टेकेलगत्तै थालाजुङ्का शिव ढकाल र चूडा ढकालहरूसँग भेट हुनु नै कम्युनिस्ट हुनु रहेछ । उहाँहरूको गीत […]

२०७३ भाद्र १५ गते, बुधबार

‘जयपती’बाट कहिले सिक्ने ? – उमेश राई

हुनेखानेहरु… अक्सर ! महलवालाहरु… अर्को आलिसान महलको सपनमा अनिदो अनिदो बस्छन् आर्जनको नयाँ धन्दामा नैतिकता लिलाम भए पनि स्वार्थपूर्तिको अभियानमा मानवता चिलीम भए पनि बेपर्वाह हुन्छन् । हो, अक्सर! महलवालाहरु कर छलीको मामलामा अदालत धाउछ्न् । मेरो जिज्ञासा यतिनै हो.. जयपती चेपाङ बाट कहिले सिक्छ्न् ?? नेताहरु.. सत्ता र शक्तिको निम्ति स्वाभिमान बेच्छन् मौका परे […]

२०७३ भाद्र १४ गते, मंगलवार

चिहान खनिदिनु छ -पुष्प गोपाल श्रेष्ठ

म झुप्रोमा जन्मेको मान्छे झुत्रो र झुम्रोले लपेटी यही धुलो माटोमा लुडीबुडी खेल्दै यही हावा पानीमा हुर्केको म मेरो त थलो नै हो यो । मिरमिरे बिहानमा उठ्छु आफ्नो साजवाज कुटो कोदाली बोकेर हिड्छु माटो संग खेल्न जहाँ हिमाल झरछ कलकल गर्दै अनि, त्यही पानीको ताल शुरमा माटो हिल्पाउँछु रोप्छु , फलाउँछु फुलाउँछु मगमग चलेको […]

२०७३ भाद्र १३ गते, सोमबार

लेकालीले बनाएको तिमाल गाउँ – अनिस तामाङ( श्याम)

असार साउनको महिना थियो । झमझम पानी परिरहेको त्यो मध्य रातबाट सुरुवात भएको हाम्रो मित्रता आज इतिहाको पानामा सिमित देख्दा मनहरु भावुक भएर आउछ । स्वासहरु बन्द भएको महसुस हुन्छ, अक्रोशको ज्वाल धपधपी बलेर आउछ । मध्यारात कसैले ढोको ढक् ढकाउदै आमा- बुबा भनेर बोलाएपछि हामी सोच्न बाध्य हुन्थ्यौ । उमेर सानै भएकोले मध्यरात भूत […]

२०७३ भाद्र ११ गते, शनिबार

छन्त्याल नै भुल्न थाले आफ्नो भाषा

काठमाडौँ, ८ भदौ । अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो भाषा भुल्दै जान थालेका छन् । छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी जिल्लामा कतिपय छन्त्याल जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नामा लागिरहँदा जिल्लाको अधिकांश गाविसमा बसोबास गर्ने छन्त्याल जातिले […]

२०७३ भाद्र ८ गते, बुधबार

नेपाली वृत्तचित्र ‘सुनकली’ फिफा टिभीमा

काठमाडौं, ६ भदौ । मुगुका किशोरीहरुको फुटबल कथामाथि बनेको नेपाली वृत्तचित्र ‘सुनकली’ले विश्व फुटबल महासंघ (फिफा)को टेलिभिजन ‘फिफा टिभी’को प्रतिवेदनमा रिपोर्टमा स्थान पाएको छ । फिफा टिभीको समूह काठमाडौं आइ सुनकलीको कथालाई समेटेर आइतबार विशेष रिपोर्ट तयार पारेको सुनकलीका निर्देशक भोजराज भाटले जानकारी गराए । आइतबार नै फिफा टिभीको युट्युब च्यानलमा ‘मिट द हिमालयन मेसी’ […]

२०७३ भाद्र ६ गते, सोमबार

गजल – शर्मिला श्रेष्ठ

भो पुग्यो जस्तो छ टाढा जाॅदैछु बल्ल बुझी दुनियाॅ , ठक्कर खाॅदैछु । बर्षौ संघर्षको केही उपलब्धि छैन फल अझै आफ्नो योग्यता,काटामा नाप्दैछु । शोषण अत्याचार सहनै मात्र पर्ने होकी बल्ल होश खुल्दैछ,न्यायालय झाक्दैछु । कती निरीह बेबस रहेछ दुःखी जिन्दगी आफ्नो दुर्गती देखेर,आफैनै हाॅस्दैछु । शत्रु बैरी चारैतिर आक्रमणको पनि डर बोलिको गोली सुन्दा,कानथुनी […]

२०७३ भाद्र ५ गते, आईतवार

किरात राई यायोक्खाको प्रतिमा सार्वजनिक

काठमाडौं, ५ भदौ । किरात राई यायोक्खाको प्रतिमा सार्वजनिक गरिएको छ । यायोक्खा बाइस भाषी किरातहरुको साझा संस्था हो । शनिबार राजधानीको संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममाझ सो प्रतिमा (स्केच) सार्वजनिक गरिएको हो । प्रतिमाले आदिम किरात पूर्खाको झलक दिने विश्वास किरात अगुवाहरुले गरेका छन् । अगुवा ज्ञानबहादुर राईको संयोजकत्वमा गठित आठ सदस्यीय प्रतिमा […]

२०७३ भाद्र ५ गते, आईतवार

थिए गुरु माकर्स – एंगेल्सका पनि – हस्तवहादुर केसी

जन्मिए माकर्स अद्भूत चमत्कार उन्नाइसौ शताप्दीको पूर्वार्ध्दमा गणना भए उनी स्रहशताव्दि महापुरुष दिए उनले सर्वहारावर्गलाई मुक्तिको अचूक हतियार माकर्सवाद मुक्ति संघर्षको मार्गदर्शनमा थिए गुरु माकर्स-एंगेल्सका पनि हेगेल फायरवाख रोवर्ट ओमन र साएमन फुरिएहरु अनि डेविड रिकार्डो र अडाम स्मिथ देखाए बाटो उनिहरुले माकर्स- एंगेल्सलाई सधै साम्यवादी नयाँ संसार निर्माणको गहन अध्ययन माकर्स- एंगेल्सले पनि जीवन […]

२०७३ भाद्र ३ गते, शुक्रबार

छिमेकी र कान्छो साहु – झनक श्रेष्ठ ‘प्रज्वल’

छिमेकीको नजर कणाली तिर कसैको नजर गुम्बा तिर देश जलाइन्छ हाम्रो घर भत्काइन्छ हाम्रो भूमि उजाड बनाइन्छ हाम्रो सामुदायिकता खलवल्याइन्छ हाम्रो छिमेकीको हेराइ हिमाल तिर परिश्चमाको हेराइ बाइबल घोकाउने तिर बारा, पर्सा र रौतहट सुकिरहेछ १०७२ साल सायद आज लुकिरहेछ किन भने २०१६ सालले प्रश्न गरिरहेछ ८५७ क्युसेक पानी बराबर आज ४०० क्युसेक मात्र कसरी […]

२०७३ श्रावण २९ गते, शनिबार