कला तथा साहित्य

नामको कुरा – बलराम तिमल्सिना

मालिकको खकार सिँगान र विर्यले बनेको एक थान मण्डली छ नाम त जे राखे पनि भयो नि जस्तो- नेपाल खकार पार्टी अखिल सिँगान पार्टी प्रभु विर्य दल या यस्तै यस्तै ! मालिकको अहङ्कार मनमौजी तजविज र सनकले चलेको एउटा प्रणाली छ नाम त जे दिए पनि भयो नि जस्तै- जनवादी केन्द्रियता आन्तरिक लोकतन्त्र अन्तर पार्टी […]

२०७७ असार २० गते, शनिबार

पाल्सी बोली – बलराम तिमल्सिना

शासकहरू प्राय पाल्सी बोली बोल्छन् जब कुर्सी शङ्कटमा पर्छ शासकहरू देशका कुरा गर्न थाल्छन् जब अल्पमतमा पर्छन् ती विदेशीको चलखेल देख्न थाल्छन् ! शासकहरू देशलाई आफ्नो खेत संझन्छन र जनतालाई हली-गोठाला ती जव सत्ताका गफ गर्छन् आफ्नै आँगनमा गाडेको लिङ्गे पिङ् सम्झन्छन् सानो बच्चालेजस्तै ती न ओर्लने ढिपी कस्छन् शासकहरू पाल्सी बोली बोल्छन् ! शासकहरू […]

२०७७ असार १७ गते, बुधबार

हुटिट्याउँले भन्यो – बलराम तिमल्सिना

हुटिट्याउँले भन्यो- ‘मैले हात झिकें भने आकास खस्छ मैले खुट्टा बजारें भने धरती पल्टन्छ मैले पँखेटा चलाएँ भने हावा रोकिन्छ तिमीहरू चुपचाप भोकै बस तिमीहरू एकदम हल्ला नगरी शान्त बस’ त्यसपछि चल्लाहरू बेस्सरी डराए र चुपचाप बसे ! हुटिट्याउँले भन्यो – ‘म छु र यी घाम जून छन् म छु र यी ग्रह नक्षत्र छन् […]

२०७७ असार १६ गते, मंगलवार

प्रगतिशील साँस्कृतिककर्मीद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं, १४ असार । प्रगतिशील साँस्कृतिककर्मीहरुले ‘राष्ट्रिय हितविपरीतको एमसीसी खारेज गर, साम्राज्यवादका विरुद्ध साँस्कृतिककर्मीहरु एक होऔं’ भन्ने मूल नाराका साथ सडक प्रदर्शनमा उत्रिएका छन। उनीहरुले एमसीसीविरुद्ध आज माइतीघर मण्डलामा विरोध सभा गरेका छन । प्रगतिशील साँस्कृतिककर्मीहरुको वैकल्पिक मोर्चा निर्माण अभियानको आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रगतिशील तथा क्रान्तिकारी धारका कवि, साहित्यकार, कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको […]

२०७७ असार १५ गते, सोमबार

एमसीसी र उद्वेलित साहित्यिक मनहरू – खेम थपलिया

भनिन्छ, समस्या बाजा बजाएर आउँदैन । तर, नेपालमा अधिकांश समस्या शासक स्वयम्ले योजनावद्ध रूपमा बाजा बजाएर भित्र्याएको देखिन्छ । नेपालमा राष्ट्रघाती शासकहरू र देशभक्त जनताका बिचमा लामो समयदेखि अन्तरविरोध रहँदै आाएको छ । अहिले त्यो अन्तरविरोध अमेरिकी एमसीसी परियोजनामा सङ्केन्द्रित भइरहेको छ । जब जब देशमा राष्ट्रिय समस्या बढ्दै जान्छ, तब तब शासकहरूको हर्षको मात्रा […]

२०७७ असार १४ गते, आईतवार

खबरदार (छन्द : शार्दुलविक्रीडीत ) – होमनाथ घिमिरे

बोल्यौ के कसरी जित्यौ जनमतै दिन्छौ निकासा भनि । बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै पनि ।। तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ । पार्दैछौ जननी कठै बिपतमा मेरो खबर्दार छ ।। —- फुक्यौ धेर घुमेर यो सहरमा गर्नेछु सेवा भनि । बोल्यौ धेर गएर ती बिकटमा भर्नेछु […]

२०७७ असार ६ गते, शनिबार

स्वर्गको लागि खतरा – बलराम तिमल्सिना

एक जना मान्छे पनि बचुन्जेल भोकै सुतेको ऊ खतरा हो स्वर्गको लागि ऊ भोकको निद्राबाट ब्युँझन सक्छ र सुखको स्वर्गमा आगो झोस्न सक्छ ए स्वर्गबासीहरू हो, भोकलाई जीवितै राखेर धरतीमा तिमीहरू मस्त ननिदाए हुन्छ ! एकातिर छ मुठ्ठीभरको स्वर्ग अर्कोतिर छ बहुजनको नरक तातो कराहीबाट उफ्र्यो भने मान्छे अधपिल्ठो शरीर लिएर ऊ सिधै स्वर्गको ढोकामा […]

२०७७ असार ५ गते, शुक्रबार

युग बदल्ने विप्लवका ‘सपनाका यात्रीहरू’ – खेम थपलिया

सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले यस्तै सन्दर्भलाई इङ्गित गरेर भन्नुभएको थियो, “जब मान्छे एउटा असल कामका […]

२०७७ असार १ गते, सोमबार

आन्दोलनमा पक्कै घुसपैठ भएको छ – बलराम तिमल्सिना

ए सरकार , हो गर। आन्दोलन अब पहिलाको जस्तो रहेन। आन्दोलनले अब एक थरि मात्र कुरा गर्न छोड्यो । एमसिसिदेखि लिम्पियाधूरासम्म ,ओम्नीदेखि छाउगोठजस्ता क्वारेन्टाइन सेल्टरसम्म, तिम्रा उखान टुक्कालाई इस्स भनेर माझी औंला देखाइदिने देखि स्ल्याङ भाषामा लोक गाली गर्नेसम्म जम्मै आयो आन्दोलनमा । कुनै नयाँ अजीव तत्वको घुषपैठ नभएको भए यो सब कसरी भयो ? […]

२०७७ जेष्ठ ३१ गते, शनिबार

हास्य कलाकार उत्तम केसीको ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक

काठमाडौं, ३० जेठ । हास्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता/दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकडिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’को भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन […]

२०७७ जेष्ठ ३० गते, शुक्रबार