कला तथा साहित्य

किसानहरू – वैरागी जेठा

किसानहरू मानव सभ्यता विकाससँगसँगै आफ्ना पसिनाहरू बगाइरहेछन् लिखुझैँ किसानका पसिना पिएर प्यासका र्तिसना मेटाइरहेका जमिन्दारहरू रातो अनुहार बनाएर उनीहरूलाई माटोमा हलगोरु जस्तै जोतिरहेकाछन् प्यारा किसानहरूलाई ! हेर्दाहेर्दै आँखाहरू जगमगाउँछन् ठूलो भेलमा उनीहरू बगिरहेका दृष्यहरू उभिन्छन् मेरो हृदयमा मानवता हराएको समयमा किसानका कथा वाचन गरिरहँदा उल्लू हुनसकिन्छ एककचौरा मोही पिएर दिनभर जोतिरहन्छन् एउटा हली दाई ! […]

२०७४ असार १५ गते, बिहीबार

म निर्धो छैन – वैरागी जेठा

प्रिय काल माक्र्स म निर्धो छैन नेपाली माटो भन्छ मेरो आँगन निर्भीक छ मेरो ,प्यारो नेपाल ! कालो रासँग जुझेर रूख र पातहरूको मीठो आवाजमा विहान पर्खिरहेको छ मेरो घर हामी कम्युनिष्टहरू छिमेकीहरूसँग सामाना गरिरहेछौँ पुष्पलालहरू फुलिरहेछन् हाम्रो सगरमाथामा भारतीय सैनिकहरू हामीसँग धावा खोलिरहेछन् मुर्दा भारतीहरूले सताइरहेकाछन् । हजारौँ शहीदका प्रेरणाले हामी जाग्नु छ । […]

२०७४ असार ८ गते, बिहीबार

विश्व संगीत दिवस मनाईंदै

काठमाडौं, ७ असार । आज विश्व संगीत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आइएको छ । अहिले संसारका एक सय […]

२०७४ असार ७ गते, बुधबार

संरक्षित क्षेत्रलाई समेटेर ४८ चलचित्र छायाङ्कन

काठमाडौ, ३ असार । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । छायाङ्कन भएका चलचित्रमध्ये २५ वटा विदेशी, एक सार्क र २३ नेपाली रहेका छन् । एक चलचित्र निर्माणका […]

२०७४ असार ३ गते, शनिबार

हिँडु कहाँ – वैरागी जेठा

मल्ल्का आँसुहरू मेरो थाप्लामा वर्षिए मध्यान्हको प्रचण्ड गर्मीले लाश पोलेझै मलाई पोलिरहेथ्यो हरेक वहालहरूमा म उफ्रेर छटपटाइरहेँ मल्लका आँगनमा घामले मलाई पोलिरहेथ्यो हरेक चोकहरूले मलाई डामी रहे निरन्तर हाँसिरहेका मानव आकृतिहरू ज्यापूदाईले बनाएका बुख्याँचाझैँ रमाइरहेका थिए मेरो शरिरबाट बगेका पानीका भेलहरू आतुर थिए मल्लका आँसु पुछ्न मेरो मन मल्का परिश्रमहरूलाई प्रेम गरिरहेको हुन्छ वहालहरू चुपचाप […]

२०७४ जेष्ठ ३० गते, मंगलवार

एकसाँझ:सोल टु सुन्धारा – मिलनकान्छा किराती

घाम र पहाडको दुरी तीन हात जति होला ! हान नदी छिचोल्दै बत्तास मतिर हुत्तिन्छ । नदी र सडक किनार भूईंफूलको सुगन्ध चल्छ । लस्करै सजाइर्एका कोरियन झण्डा फर्फराउँछन् । रुखको चिउला पात फिरफिर हल्लिन्छ । साँझको सिर्सिरे बत्तास ! निर्लज्ज गालामा स्पर्श गर्छ । पलभरमै हराउँछ । सडकमा सवारी साधनको चाप बढ्दै जान्छ । […]

२०७४ जेष्ठ २९ गते, सोमबार

जनकम्युन को हुन् ? –वैरागी जेठा

सत्ताका पूजारीहरू कुर्सी छोड्न तयार छैनन् लगातार गुलामहरू नै अगाडि बढिरहेछन् दुखद समाचार , भाषा नबुझ्ने मानिसहरू धेरै धेरै कम्युन छन् सल्लाका पातहरूझैँ यो देशमा ! तर को हो ? जनकम्युन ! शत्रुहरूसँग घाँटी जोडेर एकदम सजिलैसँग भनिदिन्छ जिन्दावाद । जनसेनाका आँसु पिएर आफ्नै टाउकाको मूल्य तोक्नेसँग कुर्सि जोगाउन संसद भवन कब्जा गरिरहेछ एउटा उल्लू […]

२०७४ जेष्ठ २२ गते, सोमबार

एसबीको ‘लुकी छिपी गर्दिन म प्यार’ यु ट्युबमा

काठमाडौं, २० जेठ । पत्रकार एस.बी. साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको “दिलको उदार” को भिडियो यु ट्युबमार्फत सार्वजनिक भएको छ । यो उनको तेस्रो गीत हो । यसै गीतको अर्को भिडियो पनि तयारी हुँदै गरेको साउद बताउछन । यस्तै गीतका साथ् रेडियो पत्रकार एस.बी. साउद सांगितीक बजारमा समेत चर्चा बटुल्न सफल भएका छन् […]

२०७४ जेष्ठ २० गते, शनिबार

ललिका सपनाहरू –वैरागी जेठा

ललिका रगत सिँच्तै निरन्तर बगिरहेछन् रालिवाङका पाखरहरू खोप्दै थवाङका चट्टानहरू मानविय गीत गाउँछन् संवेदनशील भाका कोइलीहरू विचारको पिठ्यूँमा ऐँजेरु पलाएपछि नयाँ युगमा ललिका थुङ्गाहरू ओइलिएकाछन् गृष्मऋतुका चर्को घामले डामेर गालाहरू काला काला भएकाछन् ललिको विजय गान नभएर एउटा क्रुरशासकको राष्ट्रिय गान गाइरहेछन् हावाका झोक्काहरू ! यता हावाहरू पेलेर साम्राज्य फैलाइरहेछन् सहन सकिन्न उष्ण आभासँगै रमाएका […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

अलमारिमा छोडिएका यादहरु – इन्द्र थेगिम

मैले याद छोडी आएं…. साथीहरूसंग हांस्दाको खित्खिताहटमा बालापनका साथीहरूसंग एक्कि दुक्की खेलेको चौकटमा अटेरी गर्दा आमाको पिटाई खाएको पासुलाको सुम्लोमा टिचर नहुंदा कागज फालेको कक्षा कोठाको कुनामा। हो, मैले तेतै याद छोडी आएं…… कलेज जाने बाटै बाटोको बनमाराहरुमा क्यान्टिनको चना चिउरासंगै पिउने चिया गिलासमा उसले बोलाउन नसकी हेरिरहेको मायालु एक जोर आंखामा नोटबुक भित्र संगालेर […]

२०७४ जेष्ठ १४ गते, आईतवार