ताजा खबर

—– बुधबार ,एनसेलका २० वटा मूख्य टावरहरु ध्वस्त

२०६९ चैत्र २२ गते, बिहीबार

नेकपा – माओवादीको पहलमा भूमिहीन किसानले अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको बर्दियाको करिव १५ विगाहा जग्गा कब्जा गरेका छन्।

२०६९ चैत्र २१ गते, बुधबार

नेकपा–माओवादीसहितका ३३ दलले बिहान ९ बजे देखि सुरु गरेको सिंहदरवार घेराऊ कार्यक्रम सम्पन्न भएको छ ।

२०६९ चैत्र २० गते, मंगलवार

नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावली संकलनका लागि काभ्रेको पोखरीचौरी गाविस पुगेको निर्वाचन कार्यालयको टोलीलाई सोमबार बिहान काम गर्न नदिई लखटेका छन ।

२०६९ चैत्र १९ गते, सोमबार

नेकपा–माओवादीसहित ३३ दलले सोमबार दिउँसो २ बजे ३३ दलका अध्यक्षहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने

२०६९ चैत्र १८ गते, आईतवार

नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको संयुक्त बैठकले सरकारले वार्ताको लागि गरेको आव्हानलाई नौटंकीको संज्ञा दिँदै निर्बाचन नै बिथोल्ने निर्णय गरेको छ ।

२०६९ चैत्र १८ गते, आईतवार

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सरकार र चार दलले बोलाएको वार्तामा सहभागी नहुने बताएका छन् ।

२०६९ चैत्र १७ गते, शनिबार

अन्तरिम चुनाबी मन्त्रिपरिषदले नेकपा – माओवादीलगायतका दलसँग वार्ता गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिक रहेको वार्ता समिति गठन गरेको छ ।

२०६९ चैत्र १६ गते, शुक्रबार

मन्त्रिपरिषदको बैठकले मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।

२०६९ चैत्र १६ गते, शुक्रबार

चार दलबीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ खारेजको माग गर्दै नेकपा–माओवादीसहितका ३३ दलले आज अपरान्ह ४ बजेपछि राजधानीसहित देशका मूख्य शहरहरुमा कोणसभा गर्न लागेका छन् ।

२०६९ चैत्र १५ गते, बिहीबार