तीन लाख बराबरको मोबाइलका ब्याट्री र डिस्प्ले बरामद

काठमाडौं । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ । धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । […]
२०७७ भाद्र १५ गते, सोमबार