अर्थ

करोडौं रुपैयाँको जडिबुटी बरामद

काठमाडौं, २६ बैशाख । राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकी र बैधनाथ बाहिनी अत्तरियाको संयुक्त गस्ती टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका–९ मटैनाबाट करोडौं मुल्य बराबरको लोपोन्मुख प्रजातीको ५ औले नामक जडिबुटी बरामद गरेको छ । बिशेष सुराकीको आधारमा गस्तीमा गएको टोलीले मटैना क्षेत्रबाट जडिबुटीका चार वटा बोरा बरामद गरेको हो । गस्तीमा रहेको टोलीलाई देखेर मोटरसाइकलमा […]

२०७३ बैशाख २६ गते, आईतवार

​एनसेलले ९ अर्ब ९६ करोड लाभकर बुझायो

काठमाडौं, २६ बैशाख । एनसेलले पुँजीगत लाभकर वापत नौं अर्ब ९६ करोड रुपैयाँ बुझाएको छ । स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको) तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो। सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल […]

२०७३ बैशाख २६ गते, आईतवार

सुन प्रति तोला ५६ हजार ६ सय

काठमाडौं, २६ बैशाख । आज छापावाला सुनको मूल्य बढेर प्रति तोला ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ। त्यस्तै आज तेजावी सुन प्रति तोला ५६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । चांदी प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचांदी व्यवसायी संघले आज प्रति १० ग्राम सुनको मूल्य […]

२०७३ बैशाख २६ गते, आईतवार

भुकम्प पिडितलाई सहयोग गर्ने दातालाई सम्मान

काठमाडौं, २६ बैशाख । सिद्धार्थ हिमालयन युवा क्लवद्धारा भुकम्प पिडितहरुलाई सहयोग गर्ने दाताहरुलाई एक कार्यक्रमबिच सम्मान तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । २०७२ बैशाख १२ र २९ गते गएको महाभुकम्पको समयमा मार्दु गाविस, दोलाखाका भुकम्प पिडितलाई सहयोग गर्ने दाताहरुलाई क्लवले सम्मान गरेको हो । क्लबले रु. पाँच हजार देखि रु. […]

२०७३ बैशाख २६ गते, आईतवार

१० खर्बको बजेट ल्याउने तयारी

काठमाडौं, २५ वैशाख । सरकारले बजेटको आकार बढाउने भएको छ । विभिन्न मन्त्रालय तथा निकायहरुबाट तोकिएको सिलिङभन्दा झन्डै दोब्बर बजेट माग भएपछि सरकारले बजेटको आकार बढाएर र लोकप्रिय कार्यक्रमहरु घोपषण गर्ने तयारी गरेको बुझिएको छ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीहरूको तलब बढाउने, बेरोजगार युवाहरूलार्इ विषेश सम्बोधन गर्ने, सामाजिक सुरक्षामा सरकारी खर्च बढाउने, स्वदेशी पुँजीमै ठूला […]

२०७३ बैशाख २५ गते, शनिबार

अवैध रुपमा यार्सागुम्बा सङ्कलन गर्ने पक्राउ

काठमाडौ, २५ वैशाख । उत्तरी डोल्पामा पर्ने ‘कुनासा’ यार्सागुम्बा पाटनबाट अवैध यार्सागुम्बा सङ्कलन गर्दै गरेको अवस्थामा २६ जना तस्कर पक्राउ परेका छन् । यार्सागुम्बासहित उपक्राउ पर्नेहरु सबै डोल्पाकै भएको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका खरिदार देवेन्द्र जिसीले बताए । उनीहरुलाई सेनाले नियन्त्रणमा लिएर सुम्धो पोस्टमा राखिएकाले निकुञ्ज कार्यलयमा ल्याउनको लागि आज बिहानै सेनाको टोली सुम्धोतर्फ गएको […]

२०७३ बैशाख २५ गते, शनिबार

हत्याको विरोधमा राजमार्ग अवरुद्ध

काठमाडौ, २४ बैशाख । महेन्द्रनगरस्थित एक होटेलमा दुईजनाको हत्या भएको विषयलाई लिएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सुडा–लालपुर क्षेत्रमा सडक अवरुद्ध गरिएको छ । घटनास्थलमा मृतकका आफन्तलाई जान नदिइ प्रहरीले गुपचुपरुपमा पोस्टमार्टम गर्न खोजेको भन्दै पीडित परिवार र स्थानीयले सडक अवरुद्ध गरेका हुन् । होटल व्यवसायी र प्रहरीले मिलेमतोमा घटना लुकाउन खोजेको आरोप पनि आफन्तजनले लगाएका छन् । […]

२०७३ बैशाख २४ गते, शुक्रबार

लमजुङमा फेरि अर्काे सामाजिक क्रान्ति

काठमाडौं, २४ वैशाख । विसं २००६ मा ब्राह्मणका छोराले पनि हलो जोत्नुहुन्छ भनेर हलो क्रान्ति भएको लमजुङमा फेरि अर्काे सामाजिक क्रान्ति भएको छ । जातीय छुवाछूत अन्त्यका लागि कैयौँपटक सहभोज गर्दासमेत जातीय छुवाछूतको भावना हट्न नसकेको भन्दै छुवाछूत अन्त्य भएको सन्देश दिन दलित बस्तीमा होमस्टे (घरवास) पर्यटन लागू गरिएको छ । सार्क भिलेजका रुपमा परिचय […]

२०७३ बैशाख २४ गते, शुक्रबार

प्रिबजेटमाथि छलफल शुरु हुदै

काठमाडौ, २४ बैशाख । व्यवस्थापिका संसदको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रिबजेटमाथि छलफल शुरु हुने कार्यसूची रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले बताए । उनका अनुसार बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा आज सांसदहरुले आ -आफ्नो भनाइ राख्नेछन् ।

२०७३ बैशाख २४ गते, शुक्रबार

तेह्रौँँ हस्तकला व्यापार मेला सुरु

काठमाडौँ, २३ वैशाख । नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । सो मेलाको आज उद्घाटन गर्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नेपालको अर्थतन्त्र सुदृढीकरणका लागि नेपाल हस्तकला महासङ्घले ठूलो भूमिका खेलेको बताउनुभयो । “नेपाल र नेपालीको पहिचान कला, संस्कृति, वेशभूषा र भाषा चिनाउन […]

२०७३ बैशाख २३ गते, बिहीबार