अर्थ

ल्हारक्यालविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको मागसमेत गरेको […]

२०७३ बैशाख ३० गते, बिहीबार

पूर्वसम्झौता तोडेदै एकेडेमी आफैँ निर्माण गर्ने भारतिय प्रस्ताव

काठमाडौ, ३० बैशाख । भारतले डेढ वर्षअघि अनुदान दिएर नेपाल सरकारले नै नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) निर्माण गर्ने गरी भएको पूर्वसम्झौता नमान्ने बताएको छ । उसले पूर्वसम्झौता तोडेर एकेडेम आफैँ निर्माण गर्ने नयाँ प्रस्ताव अघि सारेको बताइएको छ। सुरुमा नगद नै अनुदान दिने र नेपाल सरकारले एकेडेमी बनाउने सम्झौता भएको थियो । तर, गत […]

२०७३ बैशाख ३० गते, बिहीबार

जिरी विमानस्थल सञ्चालनमा ल्याइने

काठमाडौ, ३० बैशाख । दोलखा जिल्लाको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ । विसं २०४२ देखि पूर्णरुपमा बन्द रहेको जिरी विमानस्थल यसअघि देखि नै सञ्चालनमा ल्याउने बहस चले पनि पूरा हुन सकेको थिएन । पटक–पटक विमानस्थललाई सञ्चालनमा ल्याउनका लागि जिरीका राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीको समूहले नागरिक उड्डयन प्राधिकरणसँग अनुरोध गरे […]

२०७३ बैशाख ३० गते, बिहीबार

विदेशमा पैसा राख्नेको छानबिन सुरु

काठमाडौ, २९ बैशाख । सरकारले कर छुट सुविधा पाइने विभिन्न देशमा अवैध सम्पत्ति जम्मा गरेका नेपालीमाथि अनुसन्धान थालेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति सुद्धिकरण विभागले ट्याक्स हेभन मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो। विभागका महानिर्देशक किशोरजंग कार्कीले नेपाली नागरिकले कर छुट भएका मुलुकमा पैसा राखेको भन्दै नाम सार्वजनिक भएपछि विभागले […]

२०७३ बैशाख २९ गते, बुधबार

नारायणहिटी सङ्ग्रहालयबाट सत्र करोड आम्दानी

काठमाडौँ, २८ वैशाख । नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । राजा वीरेन्द्रको वंश नाश हुने गरी […]

२०७३ बैशाख २८ गते, मंगलवार

मापसे कारबाहीको पैसा मन्दिर पुनर्निर्माणका लागि

काठमाडौ, २८ बैशाख । जिल्ला प्रहरी कार्यालय बैतडीले मादक पदार्थ सेवनबापत कारबाहीबाट उठेको पैसा जिल्लाको एक प्रसिद्ध मन्दिर पुनःनिर्माणका लागि दिएको छ । प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मापसे कारबाहीबाट उठेको रु २१ हजार ५०० दशरथचन्द नगरपालिका–१ गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि दिएको बताए । उनले भने, ‘एक महिनाको अवधिमा […]

२०७३ बैशाख २८ गते, मंगलवार

पर्यटन प्रवद्र्धनको नाममा ब्रम्हलुट

काठमाडौँ, २७ वैशाख । पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकम नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय, जिल्ला वन कार्यालय र केही संघ संस्थाहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्राप्त भएको लाखौं रुपीयाँ केही व्यक्तिहरुले कालीगण्डकी नदीमा जलयात्रा गरेर सकेका छन् । जिल्लाका केही राजनीतिक दल, जिल्ला विकास समतिका स्थानीय विकास अधिकारी, […]

२०७३ बैशाख २७ गते, सोमबार

आज नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न समय

काठमाडौं,२७ बैशाख । संसद सचिवालयका अनुसार सरकार ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न चाहनेहरुका लागि आज समय तोकिएको छ । सभासद्हरुले आज दिनभरमा संसद सचिवालयमा प्रस्ताव दर्ता गर्न सक्ने छन् । नीति तथा कार्यक्रममाथि भोलि र पर्सी संसदमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । संशोधन दर्ता गर्न चाहनेहरुले आज बिहान ११ बजेदेखि […]

२०७३ बैशाख २७ गते, सोमबार

यार्सागुम्बा टिप्ने मौसम सुरु

काठमाडौ, २७ बैशाख । दार्चुला जिल्लाको अपी नम्पा संरक्षण क्षेत्रको लेकमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मौसम सुरु भएको छ । यार्सागुम्बाको सिजन सुरु भएसँगै यस भेगका सबैजसो घरपरिवारका मानिस स्कूले विद्यार्थीसमेतलाई लितर लेकतर्फ जान थालेका छन् । यार्सा टिप्ने समयभरको एक महिना सबै विद्यार्थी लेक जाने भएपछि स्थानीय विद्यालयसमेत बन्द हुने गर्दछ । बर्षभरी […]

२०७३ बैशाख २७ गते, सोमबार

क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ज्यालादारी एवम् ठेकेदारी प्रथा विरुद्ध सङ्घर्षमा उत्रने

काठमाडौं, २६ वैशाख । नेकपा माओवादीसम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रम ऐन, २०४८ लाई विस्थापित गर्नेगरी आउन लागेको नयाँ श्रम ऐनको व्यवस्थाविरुद्ध सङ्घर्ष गर्ने भएको छ । चितवनमा दुई दिनसम्म चलेको सङ्गठनको केन्द्रीय समितिको बैठकले नयाँ श्रम ऐनमा व्यवस्था गरिएको मजदुरको ६ महिना परीक्षण कार्यअवधि, रोजगारदाताको इच्छामा मात्र मजदुरको रोजगारीको सुनिश्चितता […]

२०७३ बैशाख २६ गते, आईतवार