अर्थ

एनसेलले कर नतिरे प्रतिरोध गर्छौं : वाइसिएल

काठमाडौ, २३ बैशाख । एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का अध्यक्ष आरसी शर्मा र महासचिव दीपशिखाले विज्ञप्ती जारी गर्दै एनसेल कम्पनीको मुल्य नेपाली जनताले तिरेको सानो सानो रकमबाट सिर्जना भएको भन्दै त्यसबाट उन्मुक्ति खोजेमा प्रतिरोध गर्ने चेतावनी दिएका छन । वाइसिएलले जारे गरेको विज्ञप्तीमा सम्पत्ति जुन देशमा सिर्जना भएको हुन्छ, राजस्व त्यही […]

२०७३ बैशाख २३ गते, बिहीबार

ठेक्का दर्ता गर्न गएका तामाङमाथि खुकुरी प्रहार

काठमाडौ, २३ वैशाख । मिरकोटको पालुङगैरे सामुदायिक वनमा ठेक्का दर्ता गर्न गएका तनहुँ, शुक्लागण्डकी नगरपालिकाका जङ्गबहादुर तामाङमाथि खुकुरी प्रहार भएको छ । दाउरा तथा गोलाइ काठ खरिदका लागि टेन्डर दर्ता गर्न गएका तामाङमाथि जङ्गलमा लुकेर बसेका गोरखाको थालाजुङ क्षेत्रका ठेकेदारले बुधबार आक्रमण गरेका हुन् । प्रहरी चौकी, मिरकोट, रातमाटेका असई एकवीर मल्लका अनुसार थालाजुङ्गका ठेकेदार […]

२०७३ बैशाख २३ गते, बिहीबार

एनसेलविरुद्ध युवा अभियान

काठमाडौ, २२ बैशाख । निजी क्षेत्रमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको कर तिर्न दबाव दिने उद्देश्यले नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको अगुवाईमा ‘४० अर्बका लागि ४० जना युवाको ४ दिने अभियान’ शुरु भएको छ । ‘आज एनसेलले कर नतिरे भोलि अर्कोले तिर्ने छैन । आउनोस्, जनस्तरबाटै जुटौँ, एनसेललाई कर तिर्न […]

२०७३ बैशाख २२ गते, बुधबार

घोडेपानीमा अत्याधुनिक ‘वेदर स्टेसन’ स्थापना

काठमाडौ, २२ बैशाख । म्याग्दीको घार गाविस–१ घोडेपानीमा मौसमी अवस्थाको जानकारी दिने अत्याधुनिक उपकरण जडित ‘वेदर स्टेसन’ स्थापना भएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानी डाँडाको एक घरमा जोमसोमतर्फ फर्काएर राखिएको स्वचालित क्यामेराले खिचेको दृष्य इन्टरनेटमार्फत अवलोकन गर्न सकिने भएको छ । तारा एयर प्रालिले पोखरा–जोमसोम हवाईमार्गमा पर्ने घोडेपानी क्षेत्रको […]

२०७३ बैशाख २२ गते, बुधबार

एनसेलको ठगीबिरुद्ध युवा अभियान

काठमाडौं, २१ वैशाख । एनसेललाई कर तिर्न दबाव दिने उद्देश्यले पूर्वी झापाका ४० जना युवाहरुले अभियान शुरु गरेका छन् । “४० अर्बका लागि ४० युवाको ४ दिने अभियान” नाम दिईएको उक्त अभियान अन्तर्गत पहिलो चरणमा आज देखी ४ दिनसम्म एनसेलबाट आएको फोन नउठाउने र एनसेलको नम्बरबाट फोन समेत नगर्ने कार्यक्रम तय गरिएको अभियानका अगुवा तथा […]

२०७३ बैशाख २१ गते, मंगलवार

ठग कन्सल्टेन्सी सन्चालक प्रहरीको फन्दामा

काठमाडौं, २० वैशाख । महानगरीय प्रहरी अपराध महाशाखाले क्यानडाको नक्कली भिसा लगाइ लाखौं रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सन्चालकलाई पक्राउ गरेको छ । महाशाखाले काठमाडौंको बसुन्धरास्थित प्रवल एजुकेसन कन्सल्टेन्सीका सन्चालक डेन्जिन लामालाई पक्राउ गरेको हो । पक्राउ परेका लामाले क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको आरोप प्रहरीले लगाएको छ । उनले रामेछापका राजु श्रेष्ठ, […]

२०७३ बैशाख २० गते, सोमबार

राष्ट्रिय विकास परिषद्को बैठक जेठ २ र ३ गते

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको बैठकले आगामी जेठ २ र ३ गते राष्ट्रिय विकास परिषद्को बैठक डाक्ने निर्णय गरेको छ । आयोगको पूर्ण बैठकले बैठकले तीन वर्षे योजनासहितको आधारपत्र तयार गरी आगामी बैठकबाट पारित गर्ने निर्णय गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले जानकारी दिए । बैठकमा राष्ट्रिय योजना […]

२०७३ बैशाख २० गते, सोमबार

८६ प्रतिशत विद्युत लाइसेन्स भारतीयको हातमा

काठमाडौ, २० बैशाख । नेपालमा जलविद्युत आयोजना निर्माण नगरी लाइसेन्स होल्ड गर्नेमा सबैभन्दा अगाडि भारतीय प्रवद्र्धक देखिएका छन्। ऊर्जा मन्त्रालयले हालसम्म ६ हजार २२ मेगावाट विद्युतका लागि लाइसेन्स जारी गरेकोमा भारतीय प्रवद्र्धकका हातमा ५ हजार १ सय ५७ मेगावाटबराबरका आयोजना छन्। यो संख्या कुल जारी भएको लाइसेन्सको ८५.६ प्रतिशत हो। भारतका सार्वजनिक तथा निजी गरी […]

२०७३ बैशाख २० गते, सोमबार

सुन तोलाको ५७ हजार

काठमाडौं, १९ बैशाख । आज सुन तोलाको ५ सय रुपैयाँ बढेर ५७ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केहि दिन यता सुनको भाउमा लगातार वृद्धि भैरहेको छ । गएको शुक्रबार मात्रै सुनको भाउ तोलमा १२ सयले बढेको थियो । यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको ८ सय ५ रुपैयाँमा […]

२०७३ बैशाख १९ गते, आईतवार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौ, १९ बैशाख । आज मे दिवस अर्थात् १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन […]

२०७३ बैशाख १९ गते, आईतवार