अर्थ

लोडसेडिङ दैनिक ८ घन्टामात्र (तालिकासहित)

काठमाडौं, २० जेठ । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने गरी दैनिक २ घन्टा लोडसेडिङ घटाएर दैनिक ८ घन्टामा सीमित पारेको छ । प्राधिकरणले अहिले दैनिक १० घन्टा लोडसेडिङ गरिरहेको छ ।बर्सातका कारण नदीमा पानीको बहाव बढेको, हिउँ पग्लेर जलप्रवाह बढेकोले विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।प्रसारण प्रणालीमा अझै ५ सय […]

२०७१ जेष्ठ २० गते, मंगलवार

सर्वोच्च करोडौको गाडी किन्दै

काठमाडौं ,१९ जेठ। सरकारले सर्वोच्च अदालतका नव नियुक्त आठ न्यायाधीश र अदालतकै अन्य प्रयोजनका लागि सवारी साधन किन्न २१ करोड ६५ लाख रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले आर्थिक कार्यविधि ऐन २०५५ को दफा ५५ अनुसार यो रकमान्तर गरेको हो । नयाँ नियुक्त भएका न्यायाधीशका लागि आवश्यक सवारी साधन नभएको भन्दै सर्वोच्च अदालतले रकम […]

२०७१ जेष्ठ १९ गते, सोमबार

खेतमै सुक्दै छ ३० करोडको उखु

काठमाडौ, १८ जेठ । बारा र पर्साका कृषकको ३० करोडभन्दा बढी मूल्यको उखु सुक्न थालेको छ ।बाराको मनहर्वास्थित रिलायन्स सुगर मिलले वर्षा सुरु हुन लागेको भन्दै उखु किनेको छैन् । वैशाखभित्रै उखु नकाटिँदा २ जिल्लामा करिब ७ लाख क्विन्टल उखु खेतमै थन्किएको छ ।‘पर्सामा मात्रै ३ लाख क्विन्टल उखु सुक्न थालेको छ,’ नेपाल कृषक संघ […]

२०७१ जेष्ठ १८ गते, आईतवार

वैदेशिक रोजगारीको नाममा दैनिक लाखौँ ठगी

काठमाडौँ । रोजगारीका सिलसिलामा विदेश जाने नेपाली कामदारबाट दैनिक साढे २७ लाख रुपैयाँ ठगी हुने गरेको पाइएको छ । म्यानपावर एजेन्सी र एजेन्टले बढी रकम असुल्ने र नक्कली सम्झौतामा विदेश पठाउने भएकाले कामदार ठगीमा पर्ने गरेका हुन् । वैदेशिक रोजगार विभागमा परेका उजुरीअनुसार चालू आर्थिक वर्षा १० महिनामा व्यक्तिगत -एजेन्ट) र संस्थागत -म्यानपावर एजेन्सी) ले […]

२०७१ जेष्ठ १७ गते, शनिबार

मध्यपहाडी लोकमार्ग निर्माणमा अवरुद्ध

काठमाडौ, १४ जेठ ।स्थानिय वासिन्दाले निर्माणाधीन मध्यपहाडी लोकमार्ग सडक निर्माणको काम रोकेका छन् ।जग्गा भएको स्थानको कुलो र खोलाको पुल भन्दा वाहेकको सवै काम स्थानिय वासिन्दाले रोकेको स्थानिय कृषक सरद आचार्यले वताए ।एक हप्ता देखी सडक कालोपत्रे लगायतका कुनै काम भएको छैन । सडक निर्माण गर्ने क्रममा पाँच जना कृषकको सवै जग्गा सडकमा परेर उनीहरु […]

२०७१ जेष्ठ १४ गते, बुधबार

अदुवाको मूल्य आकाशियो

काठमाडौं, १२ जेठ। काठमाडौँको बजारमा सर्वसाधारणले मसलाका रूपमा प्रयोग गर्ने अदुवाको मूल्य वृद्धि भएको छ ।गएको ६ महिना अघिसम्म प्रतिकेजी रु १७० मा पाइने अदुवाको मूल्य वृद्धि भएर हाल प्रतिकेजी रु २५० पुगेको छ ।असनका व्यापारी राजन डङ्गोलका अनुसार नयाँ अदुवा नआएसम्म यसको मूल्य अझै बढ्ने सम्भावना हुन्छ । काठमाडौँको असन, मरु, गोङ्गबु, कालिमाटी आदि […]

२०७१ जेष्ठ १२ गते, सोमबार

स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरस्वास्थ्य सेवा विभागका महानिर्देशकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, ११ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका महानिर्देशक लखनलाल साहसहित १२ जना विरुद्ध औषधी खरिदलगायत शिर्षकमा प्राप्त अनुदान अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले साहसहित आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. तारानाथ पोखरेल, सेवा विभागका तत्कालिन महानिर्देशक मिङमार गेल्जेन शेर्पा, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख नरेशप्रताप केसी, […]

२०७१ जेष्ठ ११ गते, आईतवार

उद्योगमा भीषण आगलागी

काठमाडौ , ९ जेठ । वीरगन्ज पथलैया औद्योगिक क्षेत्रको बाराको छाता पिपरा–२ मा रहेको विनायक कथ्था मिल तथा एग्रो प्रालिमा भीषण आगलागी भएको छ ।आज बिहान करिब ६ बजे लागेको आगो निभाउन वीरगन्ज उपमहानगरपालिका र अमलेखगन्जबाट वारुणयन्त्र पुगेका छन् ।कथ्था उत्पादन गर्ने मुख्य प्लान्टमा लागेको आगो दुईवटा वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि […]

२०७१ जेष्ठ ९ गते, शुक्रबार

अख्तियारद्वारा अवैध उद्योगहरूमा छापाअख्तियारद्वारा अवैध उद्योगहरूमा छापा

काठमाडौँ, ६जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता नगरी कारोबार गरेका, तिर्नुपर्ने राजस्व छली गरेका काठमाडौँ सितापाइलास्थित ग्रीन टोबाको कम्पनी, अभिनव सूर्ति उद्योग र ओम साई सूर्ति उद्योगमा छापा मारी गोदाम र कारखानामा रहेका विभिन्न ब्राण्डका सूर्तिका साथै सूर्ति बनाउन प्रयोग हुने सामग्रीसमेत बरामद गरी सिलबन्दी गरेको आयोगले जनाएको छ ।त्यसैगरी, आयोगले गैरकानुनी रुपमा सञ्चालित […]

२०७१ जेष्ठ ६ गते, मंगलवार

सुमार्गीले किने फ्रान्सेली दूतावाससुमार्गीले किने फ्रान्सेली दूतावास

काठमाडौं,५ जेठ । नेपालस्थित फ्रान्सेली दूतावास मुक्तिश्री कम्पनी प्रालिले किनेको छ। जसको अध्यक्ष अजय सुमार्गी रहेका छन् ।नेपालस्थित फ्रान्सेली दूतावासले बिशालनगरस्थित १९ रोपनी क्षेत्रफलमा फैलिएको राजदूत निवास बेचेको हो ।दूतावासले आफ्नो सम्पति बेचेर ६३ करोड रुपैयाँ भन्दा बढी (करिव ५ मिलियन युरो) फिर्ता लैजाने भएको छ । अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री कम्पनी प्रालिले खुला […]

२०७१ जेष्ठ ५ गते, सोमबार