अर्थ

झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा अनियमितता, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौँ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित सर्प पालन कार्यक्रममा आर्थिक अनियमितता भएको ठहर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले यादवसहित ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम […]

२०८० आश्विन २१ गते, आईतवार

चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ । सरकारले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । यसका लागि काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल तोकिएको छ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख बजेट छुट्याएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने […]

२०८० आश्विन २१ गते, आईतवार

नेपाल र रोमानियाबीच श्रम समझदारी

काठमाडौँ । नेपाल र रोमानियाबीच श्रम समझदारी भएको छ । उक्त समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले शुक्रबार रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गरेका हुन् । रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष […]

२०८० आश्विन २० गते, शनिबार

शेयर धितो कर्जामा सीमा बढ्यो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर व्यक्तिलाई १५ र संस्थालाई २० करोडको सीमा बनाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्ने भएका […]

२०८० आश्विन १९ गते, शुक्रबार

जर्मनी र रोमानियासँग श्रम समझदारीको तयारी

काठमाडौँ । युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको हो । श्रममन्त्री भण्डारी नेतृत्वको टोलीले असोज १९ गते शुक्रबार रोमानियासँग श्रम समझदारी ९एमओयु० गर्ने छ भने असोज […]

२०८० आश्विन १९ गते, शुक्रबार

नेप्से परिसूचक ११.०४ अंकले गिरावट

काठमाडौँ । नेप्से परिसूचक ११.०४ अंकले गिरावट हुँदा १९५६.९२ को विन्दुमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो निराशाले नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । मंगलबार १७.५६ अंकले गिरावट भएको नेप्से बुधबार ९.२४ अंकले वृद्धि भएको थियो । तर, बिहीबार पुनः सोमबारको क्लोजिङ विन्दुबाट ०.५६ प्रतिशतले गिरावट भएको हो । बिहीबार म्युचुअल फण्ड […]

२०८० आश्विन १८ गते, बिहीबार

तातोपानी नाकामा चहलपहल

काठमाडौँ । तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको हो । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामाग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् ।तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको […]

२०८० आश्विन १८ गते, बिहीबार

नेप्से परिसूचक ९.२४ अंकले बढ्यो

काठमाडौँ । मंगलबार १७.५६ अंकले गिरावट भएर १९५८.७२ को विन्दुमा बन्द भएको नेप्से आज ०.४७ प्रतिशतले वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको छ । आज बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा भने ०.०७ प्रतिशतको समान्य गिरावट भएको छ । अन्य सबै उपसूचकमा वृद्धि हुादा नेप्से पनि […]

२०८० आश्विन १७ गते, बुधबार

विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ (सन् २०२४)मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आयातमाथिको प्रतिबन्ध हटाएपछि र मौद्रिक नीतिको ‘सपोर्ट’ले औद्योगिक र सेवा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्व बैंकको आकलन छ ।यस्तै, आर्थिक वर्ष २०८१/०८२ .सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।विश्व […]

२०८० आश्विन १७ गते, बुधबार

बाँकोको गुन्द्रुक आम्दानीको स्रोत बन्दै

काठमाडौँ । प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् । छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्‍याउने अभियान यहाँका किसानले थालेका हुन् । […]

२०८० आश्विन १७ गते, बुधबार