अर्थ

१५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले पर्साबाट स्रोत नखुलेको १५ लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको पकाहामैनपुर गाउँपालिका-१ धोरेका ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साको सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।उनका अनुसार प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको टोलीले संयुक्त चेकजाँचको क्रममा अवधेशलाई स्रोत […]

२०८२ मंसिर १० गते, मंगलवार

नेप्से ४७.२२ अंकले बढ्यो

काठमाडौँ । नेप्से ४७.२२ अंकले बढेर २६ सय ४७ दशमलव ४४ बिन्दुमा कायम भएको छ। आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख […]

२०८२ मंसिर ९ गते, सोमबार

अर्घाखाँची सिमेन्ट र तिरूपति फुडलाई २ लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्ट र तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई २ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ ।विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही […]

२०८२ मंसिर ९ गते, सोमबार

लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरेको छ । बैंकले समयमा अनुमति पत्र नवीकरण नगरेपछि सुन्धारा काठमाडौं ठेगाना भएका लर्ड बुद्ध मनी एक्स्चेञ्ज र स्तुपा मनी चेञ्जरको अनुमति खारेज गरेको हो । कारोबार गर्न अनुमति पाएकाहरूलाई मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार […]

२०८२ मंसिर ९ गते, सोमबार

नेप्से ३९.९२ अंकले बढ्यो

काठमाडौँ । नेप्से ३९.९२ अंकले बढेर २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ […]

२०८२ मंसिर ८ गते, आईतवार

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ […]

२०८२ मंसिर ८ गते, आईतवार

अण्डाको मूल्यमा भारी वृद्धि

काठमाडोँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबारदेखि लागू हुने गरी संघले अण्डाको मूल्य बढाएको हो। भारतमा निर्वाचनका कारण सीमा नाकामा कडाइ हुँदा अण्डा नेपाल आउन पाएको छैन। संघको हिजो बसेको बैठकले एक्स एल साइजको ३० अण्डा रहने क्रेटको मूल्य ५२० रुपैयाँ पुर्‍याएको छ। यस्तै ठूलो साइजको अण्डाको प्रतिक्रेट ५०५ […]

२०८२ मंसिर ८ गते, आईतवार

एनपीएलमा सट्टाबाजी गराउन खोज्ने पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनपीएलका खेलाडीलाई स्पोन्सर गर्छौं भनी ह्वाट्स एप र इन्स्टाग्राम मार्फत सम्पर्क गरि हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएर ठगि गर्न खोज्ने भारतको हरियाणाका दलप्रित सिंह र बर्दिया घर भई भारतको चण्डीगढ बस्ने रेबिका सिंह […]

२०८२ मंसिर ५ गते, बिहीबार

नेप्से ४.९८ अंकले घट्यो

काठमाडौँ । नेप्से ४.९८ अंकले घटेर २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ […]

२०८२ मंसिर ४ गते, बुधबार

अण्डाको मूल्य घट्यो

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । संघले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो । समर्थन मूल्य घटेसंगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने भएको छ । संघका सचिव मदन केसीका अनुसार सानो अण्डाको प्रतिपेटी […]

२०८२ मंसिर ४ गते, बुधबार