अर्थ

नेप्से छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बन्द

काठमाडौँ । नेप्से छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ । कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो । नेपाल स्टक एक्सेचञ्ज लिमिटेडले बजार २० मिनेट बन्द गरेर पुनः खोलेपछि ११ः […]

२०८२ आश्विन २ गते, बिहीबार

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने व्यापारीविरुद्ध मुद्दा

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले गुणस्तरहीन र स्वास्थ्यलाई हानी पुर्‍याउने खाद्यान्न बिक्री गर्ने चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।कार्यालय प्रमुख विमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन र नमूना परीक्षणका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यापारीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो । तीमध्ये […]

२०८२ आश्विन २ गते, बिहीबार

प्रहरीद्वारा बिना बिलका समान किन्न बेच नगर्न आग्रह

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना प्रकाशित गर्दैजेनजी आन्दोलनमा क्रममा अराजक समूहले व्यक्तिहरूले बहुमूल्य गरगहना, सुन, चाँदी, हिरा, र अन्य मूल्यवान् सामानहरू चोरी तथा लुटपाट गरेको विवरण प्रहरी प्राप्त गरेकाले गर्दा बिना बिलका समान किन बेच नगर्न आग्रह गरेको छ ।जेनजीद्वारा आह्वान गरिएको प्रदर्शनका क्रममा केही समूहले उग्र रूप लिँदै विभिन्न सरकारी कार्यालय, […]

२०८२ आश्विन १ गते, बुधबार

४७५ किलो गाँजासहित २ जना पक्राउ

काठमाडौँ । प्रहरीले धनुषाको विदेह नगरपालिका-३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्राम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै […]

२०८२ आश्विन १ गते, बुधबार

सुन प्रति तोला तोलाको २ लाख १७ हजार १ सय

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि भदौ २७ गते सुनको मुल्य २ लाख १५ […]

२०८२ भाद्र ३१ गते, मंगलवार

बैंकको ब्याजदर घट्यो

काठमाडौँ । वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् । असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशतमा झरेको छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.०९ प्रतिशत घटेर ३.८७ प्रतिशतमा झरेको छ […]

२०८२ भाद्र ३१ गते, मंगलवार

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन

काठमाडौँ । सरकारले आजदेखि चाडपर्वलक्षित देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत आजदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो।खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न […]

२०८२ भाद्र ३० गते, सोमबार

बीमा प्राधिकरणद्वारा बीमा कम्पनीहरुलाई कार्यालय पूर्ण रुपमा संचालन गर्न निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई कार्यलय पुर्णरुपमा संचालन गर्न निर्देशन दिएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणले केहि दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरुले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो बनाउदै गएकोले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरु आजदेखि पूर्ण रुपमा संचालन गर्न र कर्मचारीहरु भौतिक […]

२०८२ भाद्र २९ गते, आईतवार

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ। केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ।राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य […]

२०८२ भाद्र २९ गते, आईतवार

उद्योग वाणिज्य महासंघद्वारा निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दै देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गर्दै महासंघले परिवारमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।महासंघले सुशासन, […]

२०८२ भाद्र २७ गते, शुक्रबार