अर्थ

नेप्से ५१.५७ अंकले घट्यो

काठमाडौँ । नेप्से ५१.५७ अंक (१.९१ प्रतिशत) ले घटेर २६३०.९१ अंकमा झरेको छ । आज नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि सीमान्त रूपमा घटेको छ । गत बिहीबार ६ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज घटेर ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भयो । आज कारोबारमा आएका उपसूचकमध्ये सबै घटेका छन् । […]

२०८१ पुष १ गते, सोमबार

४४ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले पर्सा जिल्लाको विभिन्न स्थानहरुबाट करीब ४४ लाख रुपैयाँ बराबरको सामानहरु बरामद गरेको छ ।सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले मंसिर २९ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–६ स्थित लाटगलीबाट ३० लाख ४९ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान […]

२०८१ पुष १ गते, सोमबार

वाणिज्य बैंकद्वारा पुसका लागि ब्याजदर सार्वजनिक

काठमाडौँ । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। केही बैंकले पुसका लागि ब्याजदर घटाएका छन् केही बैंकले ब्याजदर बढाए भने अधिकांशले बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।यसैक्रममा कृषि विकास बैंकले पुस महिनाका लािग व्यक्तिगत मुद्दती निक्षेपका लागि ५ दशमव ५७ प्रतिशत ब्याजदर तोकेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीतर्फ ५ दशमलव […]

२०८१ पुष १ गते, सोमबार

पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको जानकारी दिएको हो। निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ।निगमका अनुसार अब […]

२०८१ पुष १ गते, सोमबार

सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको […]

२०८१ मंसिर ३० गते, आईतवार

अख्तियारका अनुसन्धान अधिकृतलाईनै घूस दिन खोजेपछि…

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना भएको छ ।आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद […]

२०८१ मंसिर २९ गते, शनिबार

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय २५ […]

२०८१ मंसिर २८ गते, शुक्रबार

देशको पछिल्लो समयको आर्थिक अवस्था सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ४ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा मासिक रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले जारी गरेको तथ्यांकअनुसार देशका महँगी, सरकारको खर्च लगायतका सूचांकहरू निराशाजनक छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिति ह्वात्तै बढेको छ । देशमा भित्रिनै रेमिट्यान्स पनि सकारात्मक दिशातिर गइरहेको देख्न […]

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तय गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ […]

२०८१ मंसिर २८ गते, शुक्रबार

विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब नाघ्यो !

काठमाडौँ। विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा […]

२०८१ मंसिर २८ गते, शुक्रबार