अर्थ

क्वारेन्टाइनको लागि तारे होटल !

काठमाडौं, २५ जेठ । सरकारले क्वारेन्टाइनका रूपमा प्रयाेग गर्न छानिएका होटलको सूची सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो एक सूचना जारी गर्दै प्रारम्भिक सूची सार्वजनिक गरेकाे हाे । कुल ४७ हाेटलकाे नाम तय गरिएकाे उक्त सूचीमा एकतारेदेखि चारतारे होटलसम्म रहेका छन् । अधिकांश हाेटल काठमाडाैँ उपत्याकाभित्रै तथा एक पाेखरा र एक रूपन्देहीमा […]

२०७७ जेष्ठ २५ गते, आईतवार

३ लाख घुससहित वडाध्यक्ष पक्राउ !

काठमाडौं , २४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई रुपन्देहीबाट नगदसहित रंगेहात नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रु तीन लाख […]

२०७७ जेष्ठ २४ गते, शनिबार

सालकको खपेटासहित तीनजना पक्राउ

काठमाडाैँ, २३ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत् इलाका प्रहरी कार्यालय मनहरीले सालकको खपेटासहित तीनजना पक्राउ गरेको च्ह परेका छन् । प्रहरीले मनहरी गाउँपालिका–७ मा दुर्लभ वन्यजन्तु सालकको ६५० ग्राम खपेटासहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिंह बोम्जन, मनहरी गाउँपालिका–७ बस्ने ३९ वर्षीय अबमीकल र राप्ती नगरपालिका–७ का […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

काठमाडौँ, २२ जेठ । अध्ययगमन विभागले नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सघाएको आरोपमा सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानमा सुरक्षामा खटिएका प्रहरीले सघाएको पाइएपछि विभागको सुरक्षामा रहेका सबै प्रहरीलाई नेपाल प्रहरीको दुई नम्बर गणमा राखेर अनुसन्धान थालिएको महानगरीय प्रहरी […]

२०७७ जेष्ठ २२ गते, बिहीबार

कर तिर्ने समय असार ७ गतेसम्मका लागि थप

काठमाडौं , २१ जेठ । लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले कर तिर्नुपर्ने समय थपेको छ । आन्तरिक राजश्व विभागले आज सूचना निकाली कर तिर्नुपर्ने समयसीमा थपेको हो । यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म सबै कर बुझाउन सूचना जारी गरेको थियो भने आज जारी गरेको सूचनामा मूल्यअभिवृद्धि कर र […]

२०७७ जेष्ठ २१ गते, बुधबार

जुवा खेल्दै गरेका ९ व्यावसायी रंगेहात समातिए

काठमाडौं, २० जेठ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा व्यावसायीहरुमा सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा र भारतीय नागरिक मिक्की जोगाई (होटल संचालक) लाई पक्राउ गरेको छ । उनीहरुलाई कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा जुवा खेलीरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको […]

२०७७ जेष्ठ २० गते, मंगलवार

‘लकडाउन जनताका लागि सङ्कटकाल, मुट्ठीभर जनविरोधी तत्वहरूका लागि मालामाल’

काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले लकडाउन श्रमजीवी जनताका लागि सङ्कटकाल र मुट्ठीभर जनविरोधी तत्वहरूका लागि मालामाल भएको बताएको छ । नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरो इन्चार्ज रविले बुधबार प्रेस वक्तव्य जारी गर्दै सङ्कटको घडीमा राष्ट्र र जनताको चह¥याइरहेको घाउमा नुनचुक छर्ने राष्ट्रघाती र जनविरोधी तत्वहरूलाई खबरदारी गरेका छन् । कोरोनाका कारण चारजनाले ज्यान […]

२०७७ जेष्ठ १५ गते, बिहीबार

‘राजाका तस्वीर अंकित नोट नचल्ने भन्ने हल्ला मात्र ‘

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले केही सञ्चार माध्यमहरुमा ‘अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने’ भन्ने समाचार प्रकाशन भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । बैंकले राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको प्रष्ट पारेको छ । राष्ट्र बैंकले यस बारेमा विज्ञप्ती जारी गरेर भनेको छ ‘कोरोना भाइरसका कारण नोट छपाई र ढुवानीमा […]

२०७७ जेष्ठ १२ गते, सोमबार

प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त, एकको मृत्यु

काठमाडौँ , १२ जेठ । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका -७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल […]

२०७७ जेष्ठ १२ गते, सोमबार

नेकपाद्वारा राहत बितरण

काठमाडाैँ, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाका मेल्लेख गाउँपालिका र जयगढ बान्नीगढी गाउँपालिकामा राहत वितरण गरेको छ । मेल्लेख गाउँपालिकामा ८ र जयगढ बान्नीगढी गाउँपालिकाका ७ सहिद परिवार, राजबन्दी परिवार, बेपत्ता योद्धा परिवार र अति विपन्न ३३ परिवारलाई दैनिक उपभोग्य खाद्यान्न वितरण गरिएको जानकारी जिल्ला जनसरकार अछामका प्रमुख सौगातले दिएका छन् । राहत […]

२०७७ जेष्ठ ९ गते, शुक्रबार