अर्थ

महिला हस्तकला मेला फागुन २२ देखि

काठमाडाैँ । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा यहि फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि सो मेला आयोजना हुन लागेको हो । ललितपुरमा हुन लागेको उक्त मेलामा फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, […]

२०७७ फाल्गुन १७ गते, सोमबार

औषधि विभागका अधिकृत सरोज सुवेदी घुससहित पक्राउ

काठमाडौ । नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत अधिकृत सरोज सुवेदीलाई घुसको रकमसहित पक्राउ परेका छन । ह्न्लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पक्राउ गरेको हो। आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कारवाही परी […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

सुन तोलाको ८९ हजार ३ सय

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको ८९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ८८ हजार ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ । बुधबार छापावाल सुन तोलाको ८९ हजार ८ सय र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो । महासंघले आज चाँदीको मूल्य १ […]

२०७७ फाल्गुन १३ गते, बिहीबार

व्यवसाय गर्न इच्छुकलाई आशयपत्र पेश गर्न अनुरोध

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय अनामनगरले स्वरोजगार कर्जा लिएर व्यवसाय गर्न इच्छुकहरुका लागि आशयपत्र पेश गर्न अनुरोध गरेको छ । कोषद्धारा मंगलबार जारी सूचनामा समृद्ध नेपाल निर्माण अभियानमा परिचालन गरी युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा विस्तार गर्दै ठूलो संख्यामा स्वरोजगारका अवसर सिर्जना गर्न कोषले गरेको प्रयासलाई सफल बनाउन निम्न कार्यक्रमहरु संचालन […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

२२ अर्ब ३९ करोडको तरकारी , १० अर्बको फलफुल आयात !

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले सुधार आएको बताइएको छ । यस अवधीमा कुल ६९ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधीमा ६४ अर्ब ७९ करोडको मात्रै वस्तु निर्यात भएको थियो । भन्सार विभागको तथ्याकं अनुसार […]

२०७७ फाल्गुन ८ गते, शनिबार

द्रुतमार्गको सुरुङ निर्माणमा चिनियाँ कम्पनीले मात्र आवेदन दिन पाउने

काठमाडौं । नेपाली सेनाले चिनियाँ कम्पनीले मात्र आवेदन दिन पाउने गरी काठमाडौं–तराइ–मधेस द्रुतमार्गको सुरुङ निर्माणको ठेक्का आह्वान गरेको छ । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको सेनाले जनाएको छ । उक्त टेण्डरमा इच्छुक निर्माण कम्पनीले ४५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सुरुङमार्ग निर्माण सकिएपछि एक वर्ष डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) हुनेछ । […]

२०७७ फाल्गुन ६ गते, बिहीबार

डाक्टरको परामर्श तथा जाँच शुल्कमा वृद्धि

काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले चिकित्सक (डाक्टर)हरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको छ । बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुबै संस्थाले डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो। संघ र अफिनले मंगलबार बैठक बसेर नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा […]

२०७७ फाल्गुन ५ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि

काठमाडौं । नेपाल आयल निगमले मंगलबार गएराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । साथै, हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको […]

२०७७ फाल्गुन ५ गते, बुधबार

सेयर बजारको नीति परिवर्नतन हुदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको आगामी हप्ता अर्धवार्षिक समीक्षा गर्ने भएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौद्रिक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ । कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको […]

२०७७ माघ ३० गते, शुक्रबार

तातोपानी नाका पुन: सञ्चालन

काठमाडौँ । भोटेकोशी बाढीले क्षति पु-याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले माघ ७ गतेदेखि बन्द गरेको नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि पुनः सञ्चालनमा आएको छ। नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए। एक चिनियाँ कन्टेनर बराबर नेपाली […]

२०७७ माघ २७ गते, मंगलवार