अर्थ

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ

काठमाडाैं, २८ पुष । नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास […]

२०७६ पुष २८ गते, सोमबार

नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं , २५ पुष । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई पक्राउ गरेको छ । गुजरातीलाई तीन किलोग्राम नक्कली सुनसहित आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । […]

२०७६ पुष २५ गते, शुक्रबार

सुन प्रतितोला ७६ हजार !

काठमाडौं , २१ पुष । नेपाल सुनचादी व्यवसायी महासंघले आज फेरि सुन तोलामा ५ सय रुपैयाले बढेर प्रतितोला ७६ हजार रुपैयामा कारोबार भएको जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँ पुगेको छ । त्यस्तै सोमबार चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। आइतबार स्थिर रहेको चाँदीको मूल्य सोमबार भने तोलामा २० रुपैयाले […]

२०७६ पुष २१ गते, सोमबार

विद्युत् महसुल : १० युनिटसम्म ३० रूपैयाँ मात्रै !

काठमाडौं , २१ पुष । नेपाल विद्युत् प्राधिकरणले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै लिने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ। प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए। १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब ७ लाख रहेको उनले […]

२०७६ पुष २१ गते, सोमबार

सुनले नयाँ रेकर्ड बनाउने सङ्केत

काठमाडौं , १५ पुष । नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष २०७५ पुस १४ गते […]

२०७६ पुष १५ गते, मंगलवार

नक्कली हस्ताक्षर बनाई रकम संकलन !

काठमाडौँ , ९ पुष । जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाज काठमाडौँले अध्यक्षको नक्कली हस्ताक्षर बनाई रकम सङ्कलन गरेको भन्दै आपत्ति प्रकट गरेको छ । समाजका सचिव पूर्णबहादुर श्रेष्ठले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेका हुन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘ जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजअन्तर्गत केही व्यक्तिले हाम्रो सङ्गठनको बदनामी गर्ने गरी […]

२०७६ पुष ९ गते, बुधबार

सुनको जलप लगाई ठगी !

काठमाडौं , ३ पुष । सुनको जलप लगाई अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले बुधबार साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० […]

२०७६ पुष ३ गते, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठाडौं, २ पुष । नेपाल आयल निगमले मंगलबार राति देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति देखि लागु हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य समायोजन गरेको जानकारी दिए । उनले पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित […]

२०७६ पुष २ गते, बुधबार

महागढीमाई मेलाबाट १७ लाख भेटी संकलन

काठमाडौं , २ पुष । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले पञ्चवर्षीय गढीमाई मेलावाट करिब रु १७ लाख भेटी सकलन भएको जनाएको छ । हरेक ५/५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको समितिले जनाएको छ । करिब एक हप्ता लगाएर गनिएको सो रकम १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर […]

२०७६ पुष २ गते, बुधबार

सुनको भाउ ह्वात्तै बढ्यो

काठमाडौं, २९ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रति तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको जनाएको छ । शुक्रबार ७० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । आज तेजावी सुन प्रति तोला ७१ हजाररुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ […]

२०७६ मंसिर २९ गते, आईतवार